close

विद्यालयमा गाउँको सरकारकै ताला, घाम ताप्ने शिक्षकको यस्तो चाला ! (भिडियो खबर)

विद्यालयमा गाउँको सरकारकै ताला, घाम ताप्ने शिक्षकको यस्तो चाला ! (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) रौतहटको ईशनाथ नगरपालिकाको कार्यालय भवन निर्माण गर्न वडा नम्बर ३ का वडा अध्यक्ष राम कैलाश राउतले प्रदान गरे ३ कठ्ठा जग्गा, ४ फागुनमा भवनको शिलान्यास गरिने ।


२) मोरङको विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने, महानगरद्वारा पुरातत्व विभागका पदाधिकारी तथा विज्ञसँग सुझाव संकलन ।


३) नगरसभाको माइन्युटमा कीर्ते हस्ताक्षर गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालसहित तीनजना पक्राउ, नगर प्रमुख विजयशंकर यादव तारेखमा रिहा ।


४) सुर्खेतको लेकबेँसी नगरपालिकामा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु, पालिकाका २ सय ८८ जनालाई खोप लगाइने ।


५) तेह्रथुमको म्याङलुङ नगरपालिकाको सहयोगमा महिलाका लागि तरकारी खेती सम्वन्धि तिन दिन तालिम सुरु, नगरप्रमुख संजय तुम्वाहाङफे गरे तालिमको उद्घाटन ।


६) देश दर्शन प्रालिद्वारा दिक्तेल हलेशी काठमाडौ दैनिक पर्यटक बस सेवा संचालन, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा प्रमुख दीपनारायण रिजालले गरे बस सेवाको उद्घाटन र


७) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को  वडा कार्यालयको भवन निर्माण हुने, भवनको नगरप्रमुख डम्बरबहादुर अर्यालले गरे शिलान्यास ।


८) कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालयमा विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालन भएको खुलासा, शिक्षक घाम तापेर दिन बिताउँदै ।


९) धनकुटाको चौविसे गाउँपालिकाद्वारा गर्भवतीको घरमा हरियो झण्डा राख्न सुरु, पालिकाले बधाई र शुभकामना कार्ड पनि दिने ।


१०) हिमपातपछि घर बसेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन हुम्लाको नाम्खा गाउँपालिकाले काट्यो पत्र, अब सेवाग्राहीको हुने भयो काम ।


११) डडेल्धुराको गन्यापधुरा गाउँपालिकाद्वारा लघु उद्यम विकास कार्यक्रम सञ्चालन, तालिममा वडा नम्बर–४ का ५० जना बेरोजगार युवाहरूको सहभागीता ।


१२) विज्ञानसहित ५ वटा प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाइ पाथीभरा याङ्वरक गाउँपालिकाले छात्रवृत्ति दिने, इच्छुकले १२ फागुनसम्म कागजात पेश गर्नुपर्ने ।

 

१३) म्याग्दीको रघुगंगा गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालय र सामुदायिक सिकाई केन्द्रका लागि लेखा व्यवस्थापन तालिम सुरु, तालीम तीन दिन सम्म चल्ने ।


१४) अछामको मंगलसेन नगरपालिकाद्वारा राउटे समूदायलाई आर्थिक सहयोग, राउटे मुखीया भद्र बहादुर शाहीको टोलीलाई नगरप्रमुख पदमबहादुर बोहराले प्रदान गरे नगद २५ हजार रुपैयाँ ।


१५) उदयपुरको कटारी नगरपालिकाले खरिद गरेको एम्बुलेन्स कटारी अस्पताललाई हस्तान्तरण, अब बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्न सहज ।

 

१६) स्थानीय तहका जनप्रतिनिधिले पनि लाउन थाले कोरोना खोप, दोस्रो प्राथमिकतामा परेकाहरूलाई ८ फागुनसम्म खोप दिइने ।


१७) कालिकोटको नरहरिनाथ गाउँपालिका–८, लालुगाउँमा पहिलो पटक पुग्यो मोटरसाइकल, गाउँमा मोटरसाइल पुर्‍याउने व्यक्तिलाई गाउँलेले गरे भव्य स्वागत ।


१८) दाङको तुलसीपुर उपमहानगरपालिका, ग्रीन फाउन्डेसन नेपाल र सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा बजार विश्लेषण तथा विकास सम्बन्धी २ दिने तालिम सम्पन्न, कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तीहरुले जनाए सहभागिता ।

 

१९) गाउँललेले आफुलाई साथ नदिएको भन्दै कालीकोटको पलाता गाउँपालिका–१ मा रहेको गणेश आधारभूत विद्यालयमा पालिकामा अध्यक्ष लक्ष्मणबहादुर बमले नै लगाए ताला, पठनपाठन प्रभावित ।


२०) स्याङ्जाको वालिङमा प्रविधिको प्रयोग गरी दुनाटपरी बनाउने तालिम सुरु ।