close

पालिकामा दिनभर: नमोबुद्धको ध्यान सीपमा, उपाध्यक्षको खुसी जीतमा (भिडियाे खबर)

पालिकामा दिनभर: नमोबुद्धको ध्यान सीपमा, उपाध्यक्षको खुसी जीतमा (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) दाङको लमही नगरपालिकामा भूमिहीन र अव्यवस्थित बसोबासीको लगत संकलन गर्न कार्यालय स्थापना, मुख्यमन्त्री शंकर पोख्रेलले गरे कार्यालयको उद्घाटन ।


२) काठमाडौं महानगरपालिकाले प्रजातन्त्र दिवसको अवसरमा दरबारमार्ग गर्‍यो सांस्कृतिक महोत्सव, कार्यक्रममा जनप्रतिनिधि, कलाकार र स्थानीयको उल्लेख्य सहभागिता ।


३) मोरङको विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्यायो विपद् पोर्टल अनलाइन, अब विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्ने ।


४) दाङको तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा एकीकृत शिक्षा सुधार परामर्श कार्यक्रम सम्पन्न, कार्यक्रममा तुलसीपुर असर प्रतिवेदन, २०७७ सार्वजनिक ।

 

५) सर्लाहीको हरिवन नगरपालिकाले सुरु गर्‍यो अनलाइन सेवा, सेवाग्रहीले घरै बसेर अनलाइनमार्फत कर बुझाउन सक्ने ।


६) बाजुराको बूढीनन्दा नगरपालिकाद्वारा बजार अनुगमन,  बजारबाट म्याद नाघेका विभिन्न खाद्यवस्तु बरामद ।
 

७) सल्यानको शारदा नगरपालिकाको महेन्द्ररत्न माध्यमिक विद्यालयको नवनिर्मित भवनबाट पढाइ सुरु, नगरप्रमुख सुरेश अधिकारीले गरे भवनको उद्घाटन ।


८) काभ्रेको नमोबुद्घ नगरपालिकाका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने अभियानअन्तर्गत सीप विकास तालिम सुरु, तालिम पाँच दिनसम्म चल्ने ।


९) रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउने, नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १ सय दिनको रोजगारी दिने ।


१०) पाल्पाको रम्भा गाउँपालिकाको हिउँदेसभा सम्पन्न, सभाले गर्‍यो विभिन्न महत्त्वपूर्ण निर्णय ।


११) मोरङको बेलबारी नगरपालिकामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनको काम सुरु, वडा-वडामा फाराम भर्ने चटारो ।


१२) रामेछापको मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने पशुपालक किसानलाई अनुदान दिने, प्रतिलिटर दुई रुपैयाँ अनुदान ।


१३) काठमाडौंको टोखा नगरपालिकाको आयोजनामा सहकारी साक्षरता तथा वित्तीय व्यवस्थापनसम्बन्धी तीन दिने तालिम सुरु, उपप्रमुख ज्ञानमाया डंगोलले गरिन् तालिमको उद्घाटन ।


१४) धादिङ धुनिबेँसी नगरपालिका-८ मा सहिद बैकुण्ठ निश्चल पार्क निर्माण गरिने, नगरप्रमुख बालकृष्ण आचार्यले गरे पार्कको शिलान्यास ।

 

१५) कालीकोटको नरहरिनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई वितरण गर्‍यो खानेपानीका फिल्टर, पालिकाका ६२५ आमाले फिल्टर पाउने ।

 

१६) मकवानपुरको मनहरि गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले राजीनामा नदिएको उच्च अदालतको ठहर, विष्ट अब पालिकाको नियमित काममा फर्किने ।

 

१७) स्याङ्जाको आँधीखोला गाउँपालिका-४ बाङसिङमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण हुने, भवनको गरियो शिलान्यास ।

 

१८) सरकारले २३ फागुनदेखि ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने, अहिलेसम्म २ लाख ६३ हजार ४८२ जनाले लगाए खोप ।

 

१९) काठमाडौंको कीर्तिपुर नगरपालिकाद्वरा कुकुर बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण शिविर सञ्चालन, शिविर ८ फागुनसम्म चल्ने ।

 

२०) म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारमा ४ फागुनदेखि प्रथम चौँरी महोत्सव जारी ।