close

सिद्धार्थनगरको वडा कार्यालय भवन उद्घाटन

सिद्धार्थनगरको वडा कार्यालय भवन उद्घाटन

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को वडा समिति कार्यालय भवन उद्घाटन भएको छ ।

 

नगरप्रमुख हरिप्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेले उक्त भवनको संयुक्त रूपमा उद्घाटन गरे ।

 

नगरपालिकाको वडा नम्बर १० का वडाध्यक्ष विजयनाथ धोवीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, वरिष्ठ इञ्जिनियर यमलाल पाण्डे, वडा नम्बर ६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तव, वडा नम्बर ३ का वडाध्यक्ष थानेश्वर पौडेल, वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादवलगायतले बोलेका थिए ।