close

प्रदेश १ को सभा बैठक: सरकार र प्रतिपक्ष दुवैकाे वहिष्कार

सभामुखद्वारा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची सार्वजनिक 

प्रदेश १ को सभा बैठक: सरकार र प्रतिपक्ष दुवैकाे वहिष्कार

सभामुखद्वारा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची सार्वजनिक 

Trulli
ADVERTISEMENT

माेरङ- प्रदेश १ सरकारले आइतबारको संसद् बैठकमा नजाने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राई, मन्त्री र ओली खेमाका सांसदहरूले आइतबार प्रदेशसभा बैठकमा नजाने निर्णय गरेको स्रोतले जानकारी दिएको हो ।

 

सत्ता पक्षले आइतबारको बैठकमा उपस्थित नहुनेबारेको लिखित जानकारी प्रदेश संसद् सचिवालयमा दर्ता गराउने तयारी गरिरहेको छ । अहिलेको अवस्थामा संसद् चल्न नसक्ने भन्दै सत्ता पक्ष बैठकमा नजाने निर्णयमा पुगेको हो ।

 

तर, सभामुख प्रदीपकुमार भण्डारीले भने आइतबारका लागि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची सार्वजनिक गरेका छन् । उनले कार्यव्यवस्था परामर्श समितिको बैठकबिनै यो कार्यसूची तय गरेका हुन् ।

 

यसअघि सूचना टाँसेर आइतबारको बैठक स्थगित गर्न मुुख्यमन्त्री राईले राखेको प्रस्ताव अस्वीकार गरेका सभामुख भण्डारीले अविश्वास प्रस्ताव पेस हुने गरी कार्यसूची तय गरेपछि मुख्यमन्त्री राई खेमामा सांसद र प्रदेश सरकारका मन्त्रीहरू मुख्यमन्त्रीको कार्यालयमा भेला भएका थिए ।

 

सोही भेलाले बैठकमा नजाने निर्णय लिएको बुझिएको छ । यसबारे प्रदेश सरकारले आधिकारिक जानकारी भने गराइसकेको छैन ।