close

पालिकामा दिनभरः हटे बसपार्क, खुले विद्यालय (भिडियाे खबर)

पालिकामा दिनभरः हटे बसपार्क, खुले विद्यालय (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


 

१) आन्तरिक पर्यटन प्रर्वद्धनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाको आयोजनामा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव सुरु, महोत्सव १५ फागुनसम्म चल्ने ।

 

२) झापाको गौरादह नगरपालिका-२ को वडा कार्यालय भवन निर्माण सम्पन्न, नवनिर्मित भवनको नगरप्रमुख रोहितकुमार साहले गरे उद्घाटन ।


३) उदयपुुरको बेलका नगरपालिका-६ देउरालीमा नगरपालिकाले  लिफ्टिङ प्रविधिमार्फत घरघरमा पु¥यायो पानी, स्थानीयको वर्षौंदेखिको खानेपानी समस्या समाधान ।

 

४) महोत्तरीको गौशाला नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले उपप्रमुख आशा लामालाई बुझाए ज्ञापनपत्र, आफ्ना माग सम्बोधन गर्न शिक्षकको माग ।


५)  बेरोजगारको लगत संकलन गर्दै खोटाङको ऐँसेलुखर्क गाउँपालिका, रोजगारीमा संलग्न हुन चाहने १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारले पालिकामा सूचीकृत हुनुपर्ने ।


६) हिमपातका कारण १५ पुसदेखि बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुङगोलाको महेन्द्र आधारभूत विद्यालयको पठनपाठन सुरु, पहिलो दिन नै विद्यालयमा विद्यार्थी र शिक्षकको उल्लेख्य सहभागिता ।


७) रोल्पाको सुनछहरी गाउँपालिकाद्वारा कृषकलाई ओखरको बिरुवा वितरण, वडा कार्यालयको सिफारिसमा गरिब, विपन्न परिवारलाई बिरुवा वितरण ।


८) सुनसरीको इटहरी उपमहानगरपालिका-८ को वडा कार्यालय भवन निर्माण गरिने, नगरप्रमुख द्वारिकलाल चौधरीले गरे भवनको शिलान्यास ।


९) मकवानपुरको राक्सिराङ गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार, आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने ।


१०) स्याङ्जाको पुतलीबजार नगरपालिकाको सहयोगमा मालेबगरमा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु, प्रतियोगिता १३ फागुनसम्म चल्ने ।
 

११) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ का कृषकले पालेको कुखुरामा देखियो बर्डफ्लु, ३८१ पंक्षी नष्ट ।


१२) पर्वतको फलेवास नगरपालिकामा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन योजना कार्यक्रम सुरु, नगरपालिका र नागरिक लगानी कोषबीच समझदारी पत्रमा हस्ताक्षर ।


१३) ठेक्का लागेको एक वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घारखोलामा पुल निर्माण सुरु, पुल बन्ने भएपछि स्थानीय दंग ।

 

१४) काभ्रेको मण्डनदेउपुर नगरपालिकामा वडास्तरीय महिला कानुन साक्षरता तालिम सुरु, तालिममा महिलाको उल्लेख्य सहभागिता ।

 

१५) तनहुँको व्यास नगरपालिकाद्वारा गौरव पन्थलाई नगरपालिकाको नगर युवा परिषद्को कार्यकारी उपाध्यक्षमा मनोनयन, अब युवाका क्षेत्रमा अझ काम अघि बढ्ने ।

 
१६) ललितपुरको पाटनढोकामा सञ्चालन हुँदै आएको बसपार्कलाई ललितपुर महानगरपालिकाले हटायो, एकै समय बढीमा दुई वटा बस मात्र राख्न पाइने ।


१७) बझाङको सुर्मा गाउँपालिकामा खानेपानी निर्माणका दुई योजनाको ठेक्का खरिद ऐनविपरीत वितरण गरिएको खुलासा, स्थानीयले प्रशासन तथा सार्वजनिक खरिद अनुगमन कार्यालयमा गरे उजुरी दर्ता ।


 
१८) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाभित्रका १० वटा विद्यालयलाई अनुदान रकम दिने, अनुदान प्राप्त गर्न विद्यालयले आवेदन पेस गर्नुपर्ने ।

 
१९) सुत्केरी आमा र नवजात शिशुलाई भेट्न घर-घर पुग्दै खोटाङको केपिलासगढी गाउँपालिका, घरभेट कार्यक्रमलाई सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई तालिम ।


२०) प्रहरीविरुद्ध स्थानीयलाई उत्तेजित बनाएको आरोपमा मकवानपुरको राक्सिराङ गाउँपालिका-१ का वडाध्यक्ष कान्छाराम रुम्बा पक्राउ ।