close

४२ हजार ५ सय १० जनाले लगाए कोरोनाविरुद्धको खोप

४२ हजार ५ सय १० जनाले लगाए कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेशमा दोस्रो चरणको कोरोनाविरुद्धको खोप ४२ हजार ५ सय १० जनाले लगाएका छन् ।

 

पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविका, स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, पत्रकारलगायतलाई कोरोनाविरुद्धको खोप लगाइएको हो ।


लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीका अनुसार रूपन्देहीमा ७ हजार ५ सय ६, कपिलवस्तुमा ६ हजार १ सय ५४, दाङमा ४ हजार ३ सय ३३, बाँकेमा ४ हजार ८ सय ६६, बर्दियामा ४ हजार ७ सय ७६ जनाले दोस्रो चरणको खोप लगाएका छन् ।

 

यस्तै, पश्चिम नवलपरासीमा ३ हजार ५ सय ८९, अर्घाखाँचीमा १ हजार ८ सय ६०, पाल्पामा २ हजार ४ सय ६०, गुल्मीमा २ हजार ४ सय ३०, पूर्वी रुकुममा ४ सय १०, रोल्पामा १ हजार ९ सय ७६ र प्युठानमा १ हजार ९ सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


डा. गिरीले लुम्बिनी प्रदेशमा लक्ष्यभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएको बताए । ‘रूपन्देहीमा ९० प्रतिशत भएको छ भने कपिलवस्तु, दाङ, बाँके, बर्दिया, नवलपरासीमा शतप्रतिश र रुकुममा ८० प्रतिशत अनि अन्यमा ९० भन्दा बढी प्रतिशत रहेको छ’, डा. गिरीले भने ।

 

२५ खोप केन्द्र रहेको लुम्बिनी प्रदेशमा लक्ष्य ४४ हजार २ सय २३ भए पनि ४२ हजार ५ सय १० जनाले खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा पहिलो चरणको खोप ९० प्रतिशतभन्दा बढीले लगाएको डा. गिरीले जानकारी दिए ।