close

दिनभरको पालिकाः जगडोलमा रावण यज्ञ, अन्त के भो ? (भिडियो खबर)

दिनभरको पालिकाः जगडोलमा रावण यज्ञ, अन्त के भो ? (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) कपिलवस्तुको वाणगंगा नगरपालिकामा ई-सेवाबाट सम्पत्ति कर भुक्तानी गर्न सकिने, नगरपालिका र ई-सेवाबीच सम्झौता ।


२) स्याङ्जाको गल्याङ नगरपालिकाको आयोजनामा स्थानीय आर्थिक विकाससम्बन्धी तीन दिने तालिम जारी, १३ फागुनसम्म सञ्चालन हुने तालिममा जनप्रतिनिधि, कर्मचारी र युवाको सहभागिता ।


३) जाजरकोट जुनिचाँदे गाउँपालिकाद्वारा सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन, ५८८ जना सुत्केरीले तेल, कुखरा र न्यानो कपडा किन्न पाए २५ सय रुपैयाँ ।


४) ललितपुरको गोदावरी नगरपालिका-१२ मा रहेको सरस्वती माविलाई नगरप्रमुख गजेन्द्र महर्जनले दिए एक वर्षको पारिश्रमिक, एक कार्यक्रमका बीच ३ लाख रुपैयाँ विद्यालयलाई प्रदान ।


५) जुम्लाको चन्दननाथ नगरपालिकाको अशोक नमुना आधारभूत विद्यालयको ४ कोठा निर्माण हुने, नगरप्रमुख कान्तिका सेजुवालद्वारा भवनको उद्घाटन ।

 

६) काठमाडौंको नागार्जुन नगरपालिकाद्वारा वडा-१ मा किरियापुत्री भवन निर्माण, नवनिर्मित भवन नगरप्रमुख मोहनबहादुर बस्नेतले गरे समुदायलाई हस्तान्तरण ।


७) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ मानेश्वरामा सेर्लिङ टासी गुम्बा निर्माण गरिने, नगरप्रमुख निमफुन्जो शेर्पाले गरे गुम्बाको शिलान्यास ।


८) काभ्रेको बनेपा नगरपालिकाको आयोजनामा महिला सहकारी संस्थाहरूको सुदृढीकरणका लागि तीन दिने सहजीकरण तालिम सुरु, तालिममा ६ वटा सहकारीका महिलाको सहभागिता ।


९) दाङको घोराही उपमहानगरपालिकाको आयोजनामा टोल विकास संस्थाका महिला लक्षित लैंगिक सामाजिक समावेशीकरण तथा प्रजनन स्वास्थ्य विषयमा आयोजना गरिएको तालिम सम्पन्न, तालिममा महिलाको उल्लेख्य सहभागिता ।

 

१०) मुगुका ४ स्थानीय तहमध्ये मुगुम कार्मारोङ गाउँपालिकाले बनायो प्रशासनिक भवन, सातौँ गाउँसभाद्वाा तीन वटा ऐन पारित ।


११) गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको आयोजनामा तीन दिने व्यवसाय सचेतना तालिम सुरु, नगरप्रमुख केशवकुमार श्रेष्ठले गरे तालिमको उद्घाटन ।


१२) काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-११  जगडोलमा  रावणले यज्ञ गर्दै गरेको ४० फिट अग्लो  मूर्तिसहितको पार्क निर्माण हुने, नगरप्रमुख उद्घव खरेलले गरे पार्कको शिलान्यास ।

 

१३) चिसोले बन्द भएका मनाङको तल्लो भेगका विद्यालय खुले, चामे र नासोँ गाउँपालिकामा रहेका विद्यालयमा पढाइ सुरु ।


१४) आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाको आयोजनामा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव जारी, महोत्सव १५ फागुनसम्म चल्ने ।


१५) बेरोजगारको लगत संकलन गर्दै खोटाङको ऐँसेलुखर्क गाउँपालिका, रोजगारीमा संलग्न हुन चाहने १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारले पालिकामा सूचीकृत हुनुपर्ने ।


१६) स्याङ्जाको पुतलीबजार नगरपालिकाको सहयोगमा मालेबगरमा पालिकास्तरीय भलिबल प्रतियोगिता जारी, प्रतियोगिता १३ फागुनसम्म चल्ने ।

 

१७) चितवनको खैरहनी नगरपालिकाको आयोजनामा डकर्मीहरूका लागि भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम, ११ फागुनदेखि सुरु भएको तालिम ७ दिनसम्म चल्ने ।

 
१८) हुम्लाको नाम्खा गाउँपालिकामा सोलार मिनी ग्रीड निर्माणका लागि दुई वटा कम्पनी छनोट, अब हिल्सामा १०१ घरधुरीका लागि १ सय किलोवाटको सोलार मिनी ग्रीड बन्ने ।


१९) काठमाडौं महानगरले नेपाल भाषा पढाउन १ सय ७२ जना शिक्षक नियुक्त गर्ने, कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार ।


२०) सुनसरीको बराहक्षेत्र नगरपालिकाका सफाइ कर्मचारी सुरेन्द्र मल्लिकको निधनको शोकमा नगरपालिका र मातहतका कार्यालय बन्द ।