close

लेनदेन विवादमा वडाध्यक्षले दिए ज्यान मार्ने धम्की (अडियोसहित) 

लेनदेन विवादमा वडाध्यक्षले दिए ज्यान मार्ने धम्की (अडियोसहित) 

ADVERTISEMENT

बैतडी- बैतडीको सुर्नया गाउँपालिका-१ का वडाअध्यक्षले वडाबासीलाई ज्यान मार्ने धम्की दिएका छन् । वडाअध्यक्ष गजेन्द्रबहादुर चन्दले स्थानीय पदम टेलरलाई फोनबाट गाली गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । 


ज्यानमार्ने धम्की पाएका टेलरले आज पत्रकार सम्मेलन गर्दै अडियो सार्वजनिक गरेका छन् । अडियोमा वडाअध्यक्ष चन्दले टेलरलाई ‘तैले मलाई धेरै पीडा दिएको छस् । तलाई काट्न आउँछु’लगायतका शव्दहरु प्रयोग गरेका छन् ।


टेलरले भने, ‘मैले वडाअध्यक्षको आफन्तबाट ऋण मागेको थिएँ । उक्त ऋण वापतको १ लाख रुपैयाँ उहाँको खाता हालिदिए । पैसा खातामा हालिसकेपछि फोन गरेँ फोन गर्दा मलाई ज्यान मार्ने धम्की दिनुभयो ।’ टेलरले मंगलबार आफुलाई ज्यानमार्ने धम्की आएको भन्दै जिल्ला प्रशासन कार्यालय कठमाडौंमा उजुरी दिएका छन् । 

 

यस सम्वन्धमा कुरा गर्न खोज्दा वडाध्यक्षले भने बुवाको उपचार गर्न व्यस्त भएकाले कुराकानी गर्न नसक्ने अवस्थामा रहेको बताएका छन् ।

 

यस्तो छ कुराकानी 


पदम: मैले रुपैयाँ पठाइदिए मलाई किन हो गाली गरिरहेको ? 


जगेन्द्र: के भनिस तैले ?


पदम: मैले रुपैयाँ पठाइदिएँ । आज एकलाख खातामा हाली दिएको छु । 


गजेन्द्र: मैले म्यासेजमा लेखेको छु । मेरा वुवा आइसियुमा छन् । 


पदम: हो बिहान हजुरले १ लाख ७८ हजार भनेर म्यासेज लेख्नु भयो र मैले तुरुन्त १ लाख रकम पठाइदिएँ ।


गजेन्द्र: मेराबुवा आइसियुमा भएको कुरा तँलाइ थाहा भएन । तर दुनियालाई थाहा छ । त्यो कुरा छोड् तैले मलाई धेरै पीडा दिएको छस् । तलाई काट्नुपर्ने हो । अब म बुवालाई छोडेर पनि तँलाई काट्न आउँछु ।