close

राजारानीमा चौबीसे रनिङ कप सुरु

राजारानीमा चौबीसे रनिङ कप सुरु

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटाको चौबीसे गाउँपालिकाको आर्थिक सहयोग तथा रारा फुटबल क्लब राजारानीको व्यवस्थापनमा पालिकाको केन्द्र राजारानीमा दोस्रो चौबीसे रनिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ । खेल १५ फागुनसम्म सञ्चालन हुनेछ ।


चौबीसे गाउँपालिका खेलकुद विकास समितिको आयोजना र रारा फुटबल क्लबको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाका ८ वटै वडाका टिमले भाग लिएका छन् ।

 

नकआउट चरणमा खेलाइने प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार, द्वितीयले ३५ हजार र तृतीय स्थान हासिल गर्नेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने रारा फुटबल क्लबका सचिव युवराज कटुवालले बताए ।


यसैगरी प्रतियोगिताका लागि तयारी खर्चस्वरूप प्रत्येक वडालाई नगद २१ हजार रुपैयाँ र प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई ७ हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगिताभर विधागत रूपमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइने कटुवालले बताए ।


चौबीसेमा व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुदको माध्यमबाट गाउँ चिनाउन प्रत्येक वर्ष चौबीसे कप सुरु गरिएको पालिका उपाध्यक्ष एवं चौबीसे गाउँपालिका खेलकुद विकास समिति संयोजक यज्ञकुमारी रुचालले बताइन् ।