close

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पद्यराज ढकाल

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पद्यराज ढकाल

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिकाले स्थापना गरेको प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पद्यराज ढकाल नियुक्त भएका छन् । कार्यपालिका बैठकको निर्णयअनुसार नगरप्रमुख मानबहादुर जिसीले ढकाललाई कुलपति बनाएका हुन् ।

 

ढकालसँगै ७ जना सदस्य पनि नियुक्त भएका छन् । कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, जीवन दाहाल, मिलन शेरचन, सरस्वती श्रेष्ठ सरु र दिलीप गायक सदस्य बनेका हुन् । उपकुलपति चयन अझै बाँकी छ । 


पोखरा महानगरको वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र बरालको संयोजकत्वमा पदाधिकारी र सदस्य चयन समिति गठन भएको थियो । सोही समितिले ११ जनाको नाम सिफारिस गरेको हो ।

 

प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड र प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहने व्यवस्था छ । नियुक्त भएका ७ जनाबाहेक मेनकाजी गुरुङ, धनबहादुर गायक, मोतीबहादुर कार्की, प्रतीक थापा र सुरज उपाध्यायको नाम पनि समावेश थियो ।

 

सिफारिसमा परेकामध्ये गायक धनबहादुर गायकको १२ माघमा निधन भएको थियो । महानगरपालिकाले उनका छोरा दिलीप गायकलाई सदस्य बनाएको हो । 


प्रज्ञा प्रतिष्ठानका लागि महानगरले यो वर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । साहित्य र कलाको श्रीवृद्धिका लागि प्रतिष्ठान गठन गरिएको हो । 

 

कुलपति ढकाल राष्ट्रिय जनसांस्कृतिक महासंघमा आबद्ध छन् । सदस्य बनेकी श्रेष्ठ सरु कवि र ज्ञवाली पोखरेली युवा सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष हुन भने शेरचन चित्रकार हुन् । दाहाल र भण्डारी लोकदोहोरी गायक हुन् । सबै नेकपा निकट भएको भन्दै नियुक्तिको विरोध भएको छ ।