close

कावासोतीको आठौँ नगरसभा: संशोधन विधेयक पारित

कावासोतीको आठौँ नगरसभा: संशोधन विधेयक पारित

Trulli
ADVERTISEMENT

नवलपरासी- विनियोजित ऐन, २०७७ को संशोधन विधयेक पास गर्दै पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको आठौँ नगरसभा सकिएको छ ।


शुक्रबार कावासोतीका नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले पेस गरेको संशोधन विधयेक नगरसभाले सर्वसम्मत पास गरेको हो ।

 

त्यसैगरी नगरसभाले कावासोतीको संगठन संरचना तथा दरबन्दी स्वीकृत गरेको छ भने २ वटा मन्टेश्वरीलाई पूर्वप्राथमिक विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । नगरसभा कावासोतीका नगरप्रमुख चन्द्राकुमारी पुनको अध्यक्षतामा भएको थियो ।

 

कावासोतीमा नयाँ प्रशासन प्रमुख


कावासोतीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छन् । २०७१ नगरपालिका भएको कावासोतीले पछिल्लो ६ वर्षको अवधिमा १२ वटा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरिसकेको छ ।

 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी सरुवा भएसँगै नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा रमेश घर्ती आएका हुन् ।

 

यज्ञ पुरीलाई शुक्रबार कावासोती नगरप्रमुख चन्द्राकुमारी पुन र उपप्रमुख मर्दनियाले बिदाइ गरेका थिए भने नयाँ प्रमुख प्रशासकीय अधिकृत घर्तीलाई स्वागत गरिएको थियो ।