close

सिस्नेको कुरिपानी वन डढेलोको लपेटामा

सिस्नेको कुरिपानी वन डढेलोको लपेटामा

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ कुरिपानी सामुदायिक वनमा बिहीबारदेखि लागेको डढेलो नियन्त्रणबाहिर जाने संकेत देखिएको छ । प्वाङस्थित कुरिपानीबाट सुरु भएको आगलागी शुक्रबारसम्म नियन्त्रणमा आउन नसकेको हो ।

 

कुपरपानीमने सामुदायिक वनमा आगो कसले लगाएको हो, अहिलेसम्म जानकारीमा आउन नसकेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । उक्त डढेलोले अहिले केही महिना मात्र बसोबास गर्दै आएका २ वटा खरका घर जलेर नष्ट भएको केसीले बताए ।

 

शुक्रबार वडा नम्बर २ को दतखुना, कुचिबाङ, गोल्खाडा, सुढृलगायत बस्तीमा डढेलोको उच्च जोखिम बढिरहेको वडाध्यक्ष केसीको भनाइ छ । ‘डढेलो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय प्वाङ र स्थानीयले पहल गरिरहेका छन्’, केसीले भने । 

 

डढेलोले हालसम्म २ वटा खरका घर जलेर नष्ट भएको सूचना आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताए ।

 

प्रहरीलगायत स्थानीय डढेलो नियन्त्रणमा लागि रहेकाले पूरा विवरण भने आउने बाँकी रहेको डीएसपी श्रेष्ठको भनाइ छ ।