close

प्रधानमन्त्रीलाई उद्घाटनको चटारो, सभामा जनप्रतिनिधिकै झटारो (भिडियो खबर)

प्रधानमन्त्रीलाई उद्घाटनको चटारो, सभामा जनप्रतिनिधिकै झटारो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१. खोटाङको रावाबेँसी गाउँपालिका वडा नम्बर १ हरम्टारमा २ दिने निःशुल्क स्वास्थ्य शिविर, शिविरमा ३ सय भन्दा बढी नागरिकले दाँत, मोतियाबिन्दु, पाठेघर, डायबिटिज लगायत रोगको गराए परीक्षण । 


२. कावासोती नगरपालिकाले पायो नयाँ प्रमुख प्रशासकीय अधिकृत, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी सरुवा भएसँगै नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा रमेश घर्तीको नियुक्ति । 


३. २३ फागुनमा आफ्नो स्थापना दिवस मनाउँदै कास्कीको रूपा गाउँपालिका, स्थापना दिवसको अवसरमापालिकाभित्रका स्रष्टा र राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिने । 


४. बाल अधिकार सुनिश्चितता गर्न ताप्लेजुङका स्थानीय तहले जनाए प्रतिवद्धता, नेपालको संविधानले प्रदान गरेको बाल अधिकारलाई सुनिश्चितता गर्न आवश्यक ऐन–कानुन बनाउने जनप्रतिनिधिको भनाई । 


५. बेरोजगार व्यक्तिहरु खोज्दै १ सय दिने रोजगारीमा आवद्ध हुन खोटेहाङ र जन्तेढुंगा गाउँपालिकाले जारी ग¥यो सूचना, फागुनभित्रै बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत भई लाभग्राही परिचयपत्र लिन इच्छुक व्यक्तिलाई पालिकाको आग्रह । 

६. महिला हिंसा न्यूनीकरण गर्न मोरङका १७ वटै पालिका एकजुट हुँदै, सबै पालिकमा एकै प्रकृतिको कानुन कार्यान्वयनमा ल्याएर महिला हिंसा न्यूनीकरण गर्ने पालिकाहरूको तयारी । 


७. ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीको घरघर पुग्दै मोरङको बेलबारी नगरपालिका, १ सय १७ जना ज्येष्ठ नागरिक र १ सय ४५ जना गर्भवती तथा सुत्केरी महिलालाई घरमै पुगेर बाँड्यो न्यानो कपडा र पोसिलो खानेकुरा । 


८. अपराध न्यूनीकरण गर्न कपिलवस्तु प्रहरीले तयार पार्याे पाठ्यपुस्तक, लागूऔषध दुव्र्यसनी, साइबर अपराध, बालविवाहलगायत विषय समेटेर तयार पारिएको पाठ्यपुस्तक कपिलवस्तु नगरपालिकाभित्र रहेका ८० विद्यालयलाई वितरण गरिँदै । 


९. आँखामा लाग्ने रोगका विषयमा सचेतना जगाउन काभ्रेमा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण, नमोबुद्ध नगरपालिका र रेयुकाइ एईको मासुनागा आँखा अस्पतालद्वारा संयुक्त रुपमा तािलम आयोजना, रेयुकाई आँखा अस्पतालसँग सहकार्य गरेर नगरपालिकाद्वारा आँखा शिविर सञ्चालन 


१०. भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी चितवनका भरतपुर महानगर पालिकाले बढायो प्रक्रिया, सात पालिकाद्वारा आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्दै, संकलनका लागि मात्रै महानगरद्वारा १५ कर्मचारी नियुक्त । 


११. तनहुँको ऋषिङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण्ण अन्तिम चरणमा, भवन छिटो सकाएर आफ्नै भवनबाट सेवाग्राहीलाई सेवा दिने गाउँपालिकाका अध्यक्ष राजेन्द्र श्रेष्ठको दावी  ।


१२. म्याग्दीको बेनी नगरपालिका वडा नं ६ डम्मराको नदी बगरमा डोजर लगाएर नदी जन्य वस्तु निकालिँदै, डोजर र स्काभेटरको प्रयोग गरि नदी जन्य वस्तुको उत्खनन् गर्न नपाइने कानुनी प्रावधान रहेपनि व्यवहारमा लागु नहुँदा स्थानीय सरकारलाई गिज्याउँदै । 


१३. ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाद्वारा अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालनमा, कोषमार्फत गाउँपालिकाभित्रका नागरिकलाई सरकारले निःशुल्क गरेबाहेक घातक रोग उपचारका लागि बढीमा ५० हजारसम्म सहयोग गरिने, गाउँपालिकाले बढीमा रु २० लाखसम्मको अध्यक्ष आकस्मिक उपचार कोष खडा गर्ने । 


१४. कञ्चनपुरको लालझाडी गाउँपालिकाका व्यावसायिक रूपमा उखु खेती गर्ने किसानलाई गाउँपालिकाद्वारा अनुदानमा कृषियन्त्र तथा उपकरण वितरण, कृषिमा लाग्ने श्रमको लागत घटाएर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ उपकरण वितरण । 


१५. पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका १० जना जनप्रतिनिधिले गरे आठौं नगर सभा बहिस्कार, वडा नम्बर ७ र ८ का जनप्रतिनिधिले सुनवल–८ मा निर्माण हुनुपर्ने १५ शय्या क्षमता रहने अस्पताल नगर सभामा बहुमतको निर्णय गराएर अन्यत्रै सार्ने प्रयास भएको भन्दै बैठक नै बहिस्कार । 

१६. झापाको तीन नगरपालिका छुने गरी निर्माण हुन लागेको चीन–नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क)को शिलान्यास, औद्योगिक पार्कले दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकामा आर्थिक रूपमा विकास गर्न सहयोग पु¥याउने दावी ।  


१७. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा झापाको कमल गाउँपालिकाको तोपगाछी क्याम्पबाट धरमपुर–मङ्गलबारे जोड्ने कमल खोलाको पक्की पुलको उद्घाटन, दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल पनि उद्घाटन, इलामको चुलाचुली जोड्ने रतुवा पुलको उद्घाटन गरियो । 


१८. मोरङको केराबारी गाउँपालिका– ८ मा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासी आन्दोलित, महादेव मिनरल इन्ड्रष्टिज र शिवम क्रसर बन्द गराउन माग, गाउँपालिका अध्यक्ष रोहित कार्की र क्रसर सञ्चालकबीच मिलेमतो रहेको स्थानीयको आरोप । 


१९. शल्यक्रियाबाट सुत्केरी भएकी प्युठानको झिमरुक गाउँपालिका–७ तुषाराकी २४ वर्षीया अनिसा एम.सी.थापाको मृत्यु, चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्त आन्दोलित, न्याय नपाएसम्म शव नबुझ्ने परिवारको अडान । 


२०. म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ दोवाका बासिन्दाद्वारा अस्पताल निर्माण गर्न १२ रोपनी भन्दा बढी जग्गा दान, ‘एक पालिका, एक अस्पताल’ योजना कार्यान्वयन गराउन दान दिएको भनाइ, सडक स्तरोन्निति गरेर सबै वडावासी र यात्रुलाई सुविधा दिन सकिने वडाध्यक्ष अमर गर्बुजाको दावी ।