close

गुल्मीमा सर्वाधिक राशिको माविस्तरीय फुटबल हुँदै

गुल्मीमा सर्वाधिक राशिको माविस्तरीय फुटबल हुँदै

Trulli
ADVERTISEMENT

गुल्मी– फोर्टिन स्टार युवा क्लबले गुल्मीभित्रका मावि (कक्षा १०) स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत क्लबको १०औँ वार्षिकोत्सव अवसरमा ‘फोर्टिन स्टार फुटबल कप २०७७ बारे जानकारी गराएको हो ।


क्लबका अनुसार आगामी २ देखि ७ चैतसम्म तम्घासको चिदीचौर खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । मावि र स्थानीय स्तरबाटै फुटबल खेलप्रति रुचि जगाएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले खेल आयोजना गरिन लागेको हो ।

 

खेलाडीलाई जिल्ला स्तरमा अग्रसर र परिचित हुने मौका भएकाले गाउँ–गाउँका विद्यालयबाट खेलाडी सहभागी गराउन विद्यालयलाई आग्रह गरिएको क्लबका अध्यक्ष विक्रमसिंह बुढाथोकीले बताए । ‘अधिकांश बिवद्यालयलाई सहभागी गराउने योजना बनाएका छौँ’, उनले भने, ‘यो विद्यालयका लागि अवसर पनि हो ।’


प्रतियोगितामा विजेताले ३५ हजार र उपविजेताले २५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । यो मावि स्तरको सर्वाधिक राशि पुरस्कार भएको प्रतियोगिता हुने क्लबका महासचिव नारायण आचार्यले दाबी गरे । यसअघि क्लबले ३३ हजार ३ सय ३३ राशिको फुटबल प्रतियोगिता आयोजना गरेको महासचिव आचार्यले बताए ।

 

क्लबले ५० हजार मुख्य प्रायोजकका लागि र २५ हजार रुपैयाँ सह–प्रायोजकका लागि मूल्य निर्धारण गरेको उपाध्यक्ष सुरज पोख्रेलले जानकारी दिए ।