close

खिखु खोलामा कल्भर्ट 

खिखु खोलामा कल्भर्ट 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर ७ खोटाङबजार र खोटेहाङ गाउँपालिकाको वडा नम्बर ८ सिमपानी जोड्ने खिखु खोलामा कल्भर्ट उद्घाटन गरिएको छ । गाउँपालिका, वडा कार्यालय सिमपानी र वडा कार्यालय खोटाङ बजारको प्रयासमा खिखु खोलामा निर्माण गरिएको कल्भर्ट बुधबार गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरे ।

 

सिमपानीबाट गाउँपालिकाको केन्द्र पुग्ने सडकमा पर्ने खोलामा गाउँपालिकाको ५ मिटर लामो कल्भर्ट निर्माण गरिएको हो । गाउँपालिकाकै ८ लाख रुपैयाँ खर्चमा खोलामा कल्भर्ट निर्माण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

 

कल्भर्टले खोटाङबजारको धनमुढा, मगरगाउँ र सिमपानीको छतिवनेलाई जोडेको छ । सिमपानी र गाउँपालिकाको केन्द्रलाई जोड्ने छोटो दूरीको बाटोमा पर्ने भएकाले खिखु खोलामा कल्भर्ट निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । 

 

गाउँपालिकाकी उपाध्यक्ष कविता राई, खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँल, सिमपानीका वडाध्यक्ष चन्द्रबहादुर थापालगायतको उपस्थितिमा कल्भर्ट उद्घाटन गरिएको हो । सो कल्भर्टलाई स्थानीय ३ हजार बढी जनसंख्याले उपयोग गर्नेछ ।