close

७ वटा विकास समितिको प्रगति विवरण सार्वजनिक

सबैभन्दा बढी प्रगति पूर्वाधार विकासमा 

७ वटा विकास समितिको प्रगति विवरण सार्वजनिक

सबैभन्दा बढी प्रगति पूर्वाधार विकासमा 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– फुङ्लिङ नगरपालिकाले पालिकाका ७ वटा विकास समितिको भौतिक प्रगति सार्वजनिक गरेको छ । सबैभन्दा राम्रो प्रगति पूर्वाधार विकासतर्फका योजनामा रहेको फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराईले जानकारी दिए ।

 

उनका अनुसार पूर्वाधार विकासतर्फ ५८.८३ प्रतिशत भौतिक प्रगति पाइएको छ । पूर्वाधार विकास समितितर्फका १ सय १९ योजनामध्ये १ सय ४ वटा योजनाको सम्झौता भई ७० वटा योजनाको काम सम्पन्न भइसकेको भट्टराईले जानकारी दिए । 

 

यस्तै, आर्थिक विकास समितिका ८९ मध्ये ३५ वटा योजनाको सम्झौता भएकामा २३ वटा योजना सम्पन्न भएका छन् । योजना सञ्चालनका दृष्टिले यो २५.८५ प्रतिशत हो । 

 

यस्तै, सामाजिक विकास समितिका १ सय ८४ मध्ये ८१ वटा योजनाको सम्झौता भएकामा ५० वटा सम्पन्न भई २७.१८ प्रतिशत भौतिक प्रगति पाइएको छ । वन वातावरण तथा विपद् व्यवस्थापन समितिका ३ वटा र सुशासन समितिका १७ वटा योजनाको सम्झौतै भएको छैन भने भौतिक प्रगति पनि शून्य छ । 

 

न्यायिक समितिका ६ मध्ये १ वटा उजुरीको मात्र किनारा लागेको छ भने बाँकी ५ वटा प्रक्रियामा रहेको पाइएको छ । फुङ्लिङमा ४ सय २१ वटा योजनामध्ये आधाभन्दा कम अर्थात् २ सय २० योजनाको मात्र सम्झौता भएको पाइएको छ भने १ सय ४४ वटा योजना मात्र सम्पन्न भएका छन् ।