close

२० खबरमा १६ सुख, कहिले हट्ला यी ४ दुःख ? (भिडियो खबर)

२० खबरमा १६ सुख, कहिले हट्ला यी ४ दुःख ? (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) बालविवाहविरुद्ध गाउँगाउँमा सडक नाटक देखाउँदै गुल्मीको मालिका गाउँपालिका, प्रत्येक वडामा अभियान नै सञ्चालन ।

 

२) कञ्चनपुरको भीमदत्त नगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा  ‘सुरक्षित चेली अभियान’ संचालन, अभियान जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालन गरिने ।

 

३) काठमाण्डौ महानगरपालिकाले विद्युतीय फोहर व्यवस्थापन गर्ने, महानगरको वातावरण विभाग प्रशासन शाखा प्रमुख सरिता राईको संयोजकत्वमा कार्यदल गठन ।

 

४) तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा जिल्लाका दश स्थानीय तहको लागत सहभागितामा आइसोलेशन भवन निर्माण, बिरामीलाई राख्न सहज हुने ।

 

५) ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले गर्‍यो पालिकाका ७ वटा विकास समितिको भौतिक प्रगति सार्वजनिक, पूर्वाधार विकास तर्फका योजनामा सबैभन्दा राम्रो प्रगति ।

 

६) विस्खाम खोलाको पानी अन्यत्र लैजान वडाध्यक्ष सन्तवीर तामाङले एकलौटी ढंगले अनुमति दिएको भन्दै खोटाङको ऐँसेलुखर्क गाउँपालिका-२ को वडा कार्यालयमा स्थानीयले ४ चैतदेखि लगाएको ताला अझै खुलेन, कामकाज प्रभावित ।

 

७) बाजुराको गौमुल गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा, गौमुल बन्यो जिल्लाकै पहिलो पूर्ण खोपयुक्त गाउँपालिका  ।

 

८) भोकमरीको मारमा पालिकावासी परेपछि साइपाल गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडाका वडाध्यक्ष खाद्यान्न माग्न आए काठमाडौं, जनप्रतिनिधिद्वारा विभिन्न निकायमा ध्यानाकर्षण ।

 

९) गोरखाको सिरानचोक गाउँपालिकामा वैज्ञानिक गाउँ कार्यक्रम सञ्चालन हुने, पहिलो चरणमा वडा नम्बर-८ को जौवारीमा च्याउ खेति तथा बिउ उत्पादन कार्यक्रम सञ्चालन गरिने ।

 

१०) धादिङको सिद्धलेक गाउँपालिकाको आदामाराका स्थानीयको घरघरमा खानेपानी, खानेपानीपछि अब आदामारालाई पालिकाले पूर्ण सरसफाइ गाउँ बनाउँने ।

 

११) रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको राङ्सी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर संचालन, प्रसूति सेवा सुविधाको लागि टाढा जानु पर्ने बाध्यताको अन्त्य ।

 

१२) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक महाविहार दिगु बहाःको आँगछे पुनर्निर्माण गर्ने, आगँछे परम्परागत शैलीमा निर्माण हुने ।

 

१३) इलामको सूर्योदय नगरपालिकाको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन सम्वन्धि चार दिने गाष्ठी सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता ।

 

१४) हुम्लाको सर्केगाड गाउँपालिकाद्वारा पशु गणना गर्न सुरु,आठवटै वडामा एकसाथ गणक परिचालन । 

 

१५) धान सुपर जोन घोषित दक्षिणी झापाको कचनकवल गाउँपालिकामा इँटा उद्योगीले खेतीयोग्य जमिन खरिद गरी जथाभाबी माटो खन्दा किसान चिन्तित,न्यायका लागि किसानले दिए पालिकाको न्यायिक समितिमा निवेदन ।

 

१६) तनहुँको शुक्लागण्डकी नगरपालिकाले १३ चैतदेखि पालिका स्तरीय भलिबल प्रतियोगिता गर्ने, टिम दर्ता गर्न नगरपालिकाको आग्रह । 

 

१७) भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन सकिए लगत्तै महोत्तरीको बर्दिवास नगरपालिकामा नापीप्रक्रिया सुरु, वडा वडा मा नापी टोली परिचालन ।

 

१८) लिफ्टिङ्गमार्फत घरघरमा खानेपानी पुगेपछि गुल्मीको रेसुङ्गा नगरपालिका-४ खाम्सेपानीका बासिन्दा दंग, लिफ्टिङ्ग आयोजनाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले गरे उद्घाटन ।

 

१९) तनहुँको बन्दिपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीको संयोजकत्वमा समिति गठन ।

 

२०) मुगुको सोरु गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष तथा कर्मचारी कार्यालय नियमित नआएपछि स्थानीयले वडा कार्यालयमा १९ फागुनदेखि लगाएको ताला अझै खुलेन ।