close

अदानचुलीमा धमाधम सडक 

अदानचुलीमा धमाधम सडक 

Trulli
ADVERTISEMENT

हुम्ला- लामो समयको विवादपछि हुम्लाको अदानचुली गाउँपालिकामा पुनः सडक निमार्ण सुरु भएको छ । गत आर्थिक वर्षदेखि निर्माण सुरु भएका सडक विवादकै कारण रोकिएका थिए ।

 

अदानचुली गाउँपालिकाले गत वर्ष विनियोजन गरेको बजेट विभिन्न समयमा भएका विवादले कार्यान्वयन नहुँदा पूर्वाधार निर्माण रोकिएको थियो ।

 

यो आर्थिक वर्षमा पनि गाउँपालिकाले सडक केन्द्रित बजेट विनियोजन गरे पनि काम सुरु नभइरहेका बेला शनिबारदेखि २ वटा जेसिबी लगाएर सडक निर्माण सुरु गरिएको हो ।

 

गत वर्षदेखि नै विवादमा रहेको श्रीनगरदेखि कल्खेसम्मको सडक निर्माण शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष दलफडेराले ढिलोमा २ महिनाभित्र १ नम्बर वडामा सडक पुर्‍याइने बताए ।

 

श्रीनगरको थलोहाल्नादेखि कल्खेसम्म २ किलोमिटर सडक भए पनि कडा चट्टान भएकाले केही ढिलो हुने उनले जानकारी दिए । कल्खेका दुवै गाउँको बीचबाट सडक निर्माण सुरु गरिएकाले कसैलाई पाखा, कसैलाई काखा नगरिएको दाबी उनले गरे ।

 

स्थानीयले गाउँमा सडकसँगै विद्युत् सुविधाको समेत माग गरेका छन् । ठेकेदार गणेश भण्डारीले निर्धारित समयमै सडक निर्माण सम्पन्न गरिने प्रतिबद्धता जनाए ।