close

११९ जना विद्यार्थीलाई शैक्षिक ऋण दिँदै भक्तपुर 

११९ जना विद्यार्थीलाई शैक्षिक ऋण दिँदै भक्तपुर 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले नगरभित्रका ११९ जना विद्यार्थीलाई शैक्षिक ऋण दिएको छ । पालिकाले जेहेनदार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको धितो राखेर स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि सहुलियत ब्याज दरमा शैक्षिक ऋण वितरण गर्न सम्झौता गरेको हो ।

 

शैक्षिक कर्जाका लागि पालिकाले नगरभित्रका विद्यार्थीसँग निवेदन माग गरेको थियो । आवदेन दिएका विद्यार्थीसँग अन्तर्वार्ता लिई छनोट गरिएको पालिकाले जनाएको छ । 

 

नगर प्रमुख प्रजापतिले ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरे । उनले भक्तपुर शैक्षिक केन्द्रको रूपमा विकास हुन सफल भएको र यसमा नगरपालिकाले सञ्चालन गरेका कलेज एवं यहाँका शैक्षिक संस्थाको ठूलो भूमिका र योगदान रहेको बताए ।

 

पालिकाले आर्थिक कारणले गर्दा कोही पनि पढाइबाट वञ्चित हुन नपरोस् भनी शैक्षिक ऋणको अवधारणा ल्याएको उल्लेख गरे । 

 

कार्यक्रममा नगरपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरले शिक्षालाई उच्च प्राथमिकतामा राख्दै शैक्षिक ऋण, छात्रवृत्तिलगायत प्रदान गर्दै आएको बताए । 

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर न्यून ब्याजदरमा ५ लाख रुपैयाँसम्मको रकम वितरण अरू स्थानीय तहका लागि अनुकरणीय हुने दाबी गरे ।