close

ताप्लेजुङसहित देशभरका ७ हजार बढी विद्यालयले पाए अनुदान

ताप्लेजुङसहित देशभरका ७ हजार बढी विद्यालयले पाए अनुदान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सरकारले ताप्लेजुङका ४८ विद्यालयसहित देशभरका ७ हजार बढी विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध गराएको छ ।
 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ७ हजार २ सय ७८ विद्यालय छनोट गरेको हो ।


कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, कम्प्युटर ल्याब स्थापना, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, नवीन प्रविधि प्रवर्द्धन, सिकाइ सामग्री, भौतिक पूर्वाधार तथा शैक्षिक विकास र विशेष विद्यालय कार्यक्रमका लागि सरकारले अनुदान दिन लागेको हो ।