close

भक्तपुरमा कभर्ड हल शिलान्यास

भक्तपुरमा कभर्ड हल शिलान्यास

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरमा बेखाल कभर्ड हल शिलान्यास गरिएको । भक्तपुर नगरपालिकाको वडा नम्बर १० स्थित बेखालमा कभर्ड हल निर्माण हुन लागेको हो । 

 

बागमती प्रदेशको ससर्त अनुदानअन्तर्गत २ करोड ७३ लाख रुपैयाँ लागत अनुमानित बजेटमा कभर्ड हल निर्माण गर्न लागिएको हो । कभर्ड हल निर्माणका लागि चालू आवमा ४९ लाख रुपैयाँ विनियोजन भएको भक्तपुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले बताए ।

 

अनुगमन समितिका सदस्य एवं ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुनील दुवालले कभर्ड हलभित्र बढी ठाउँ बढाउन प्याराफिट व्यवस्थितसँगै नयाँ प्रविधि प्रयोग गरिने जानकारी दिए ।

 

भक्तपुर जिल्ला टेबुलटेनिस संघका अध्यक्ष प्रेमकृष्ण खबुर्जाले नगरपालिकाबाट सञ्चालित प्रशिक्षणका कारण भक्तपुरका टेबुलटेनिस खेलाडीलाई उत्साह बढेको बताए । उपभोक्ता समिति अध्यक्ष लक्ष्मीप्रसाद चवालको सभापतित्वमा भएको कार्यक्रममा टेबुलटेनिस प्रशिक्षक मुना वासुकलाले पनि बोलेकी थिइन् ।

 

वडा नम्बर १० बेखालस्थित कभर्ड हलमा टेबुलटेनिस प्रशिक्षण हुँदै आएको थियो । उक्त हल भत्काएर दर्शकलाई प्याराफिटमा बसेर हेर्न मिल्ने गरी नक्सा संरचना निर्माण भएको छ । बेखाल कभर्ड हल मिनिइन्डोर स्टेडियमको रूपमा करिब २ सय दर्शकले हेर्न सक्ने प्याराफिटसहित निर्माण गरिनेछ । 

 

प्रतियोगिता नभएका बेला प्याराफिटलाई खुम्चाएर १० वटा टेबुलटेनिस बोर्ड राखी प्रशिक्षण दिन सकिने र करिब ४ वटा बोर्ड राखी प्रतियोगिता सञ्चालन गर्न सकिनेछ ।