close

प्रदेश २ मा स्थायी कर्मचारी भर्नाको बाटो खुल्यो 

प्रदेश २ मा स्थायी कर्मचारी भर्नाको बाटो खुल्यो 

Trulli
ADVERTISEMENT

जनकपुरधाम - प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्नाको बाटो खुला गरेको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवामा साताैं तहसम्मको भर्ना लिन स्वीकृति दिएको हो ।


प्रदेश निजामती सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनमै टेकेर हाललाई इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिइएको छ । 


बैठकले लोकसेवा आयोगको ओएनएम पारित गर्नुका साथै त्यसको सचिवको रुपमा काम गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवलाई जिम्मा दिएको छ । 


कोरोना महामारीमा प्रदेशमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने अवस्था आएपछि प्रदेश सरकारले दुवै पदमा स्थायी नियुक्ति प्रक्रिया सुरु गरेको हो ।