close

संक्रमितलाई आयुर्वेदिक औषधी प्रयोग, ल्हासा नगरको भेन्टिलेटर सहयोग (भिडियो खवर)

संक्रमितलाई आयुर्वेदिक औषधी प्रयोग, ल्हासा नगरको भेन्टिलेटर सहयोग (भिडियो खवर)

ADVERTISEMENT

१) जुम्लाको चन्दननाथ नगरपालिकाद्वारा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई पौष्टिक आहारा र स्वास्थ्य सामग्री वितरण, स्थानीयलाई स्वास्थ्य सतर्कता अपनाउन पालिकाको आग्रह ।

 

२) जाजरकोटको भेरी नगरपालिकाद्वारा जनप्रतिनिधी, शिक्षक र कर्मचारीको दुई दिनको तलब विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय, जिल्लामा १५ जेठसम्म निषेधाज्ञा थपियो ।

 

३) म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना, कोरोना संक्रमितको उपचारका लागि सबै पालिकाले स्थापना गरे आइसोलेसन कक्ष ।


४) स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाद्वारा कोरोना संक्रमितलाई घरघरमा पुगेर आयुर्वेदिक औषधी वितरण गर्न सुरु, कोरोना नियन्त्रणका लागि जनप्रतिनिधि पनि सक्रिय ।

 

५) सिन्धुलीको सुनकोशी गाउँपालिकाले अस्थायी कोभिड अस्पतालका लागि  करारमा प्राविधिक कर्मचारी नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा सम्पर्क गर्नुपर्ने ।

 

६) कोरोना संक्रमितलाई अस्पतालमा पु¥याउन साधन अभाव भएपछि स्थानीय तहका जनप्रतिनिधिले प्रयोग गर्दै आएका सरकारी गाडी धमाधम एम्बुलेन्स बनाइँदै, पाल्पाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले चढ्ने सरकारी गाडी बिरामी बोक्न प्रयोग ।

 

७) कोरोना संक्रमणको जोखिम बढेपछि सिन्धुलीको गोलन्जोर गाउँपालिकाद्वारा एक साताका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय, नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन पालिकाको आग्रह ।

 

८) काभ्रेको पाँचखाल नगरपालिका ९ र ११ वडाका किसानलाई नगरपालिकाद्वारा हाते ट्रयाक्टर वितरण, अनुदानमा ट्रयाक्टर पाउँदा किसान दंग ।

 

९) गुलाब सहकारी संस्थाद्वारा रूपन्देहीको सैनामैना नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री खरिद गर्न १ लाख ३० हजार रुपैयाँ हस्तान्तरण, नगरपालिका कोरोना अस्पतालको स्तरोन्नति गर्दै ।

 

१०) नगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि तनहुँको व्यास नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा १० जेठसम्म बन्द गर्ने निर्णय, पालिकाले आइसोलेसन कक्ष पनि बनायो ।

 


११) इलाम नगरपालिकाका नगरप्रमुख महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि, होम आइसोलेसनमा बसे बस्नेत ।

 

१२) स्याङ्जाको भीरकोट नगरपालिकाको कोभिड–१९ व्यवस्थापन समितिको भर्चुअल बैठक सम्पन्न, बैठक कोरोना नियन्त्रण केन्द्रित ।

 

१३) रूपन्देहीको सियारी गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा धानको बिउ दिने, वडामा रहेका कृषि सहकारी संस्थामार्फत बिउ वितरण गर्न सुरु ।

 


१४) सल्यानको कुमाख गाउँपालिकाद्वारा जनताको घरदैलोमा पुगेर स्वाब संकलन गर्न सुरु, पिसिआर र एन्टिजेन परीक्षण गरिने ।

 

१५) अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि कैलालीको धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा रकम जम्मा हुने क्रम बढ्यो, स्थानीय र संघ–संस्थाले कोषमा रकम सहयोग गर्दै ।

 


१६ ) काठमाडौंको चन्द्रागिरि नगरपालिकाद्वारा ३ नम्बर वडाको नवनिर्मित भवनमा अक्सिजनसहितको कोभिड आइसोलेसन होल्डिङ सेन्टर स्थापना, संक्रमितलाई हुने भो सहज ।

 


१७) काभ्रेको पनौती नगरपालिकाद्वारा कोरोनाको लक्षण देखिएकाहरूको स्वाब संकलन गर्न सुरु, कोरोना नियन्त्रणका लागि जनप्रतिनिधि पनि सक्रिय ।

 

 

१८) डोटीको बडिकेदार गाउँपालिकाले कोरोना संक्रमितलाई गाउँमै उपचार गर्न थाल्यो, संक्रमितलाई उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने समस्या समाधान ।

 

१९) कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकालाई  घरमै पुगेर स्वास्थ्य सामग्री वितरण गर्दै सप्तरीको सप्तकोशी नगरपालिका, जिल्लामा पछिल्लो समय संक्रमित बढ्दै ।

 

२०) काठमाडौं महानगरपालिकालाई चीनको ल्हासा नगरद्वारा चार थान भेन्टिलेटर प्रदान, कोरोना संक्रमितलाई सहज उपचार सेवाका लागि महानगरद्वारा काठमाडौंका तीन वटा अस्पतालसँग सहयोग सम्झौता ।