close

अक्सिजन प्लान्ट बन्ने आस, संक्रमितलाई पालिकाको साथ (भिडियो खबर)

अक्सिजन प्लान्ट बन्ने आस, संक्रमितलाई पालिकाको साथ (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) हेटौंडा अस्पताललाई दैनिक १०० अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्ने हेटौंडा उपमहानगरपालिकाको निर्णय, अक्सिजन व्यवस्थापन गर्न अभियान नै सञ्चालन ।

 

२) अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले चढ्दै आएको सरकारी गाडी कोरोना संक्रमित अन्य बिरामी बोक्न प्रयोग, कोरोना रोकथाम र नियन्त्रण गर्न पालिका क्रियाशील । 

 

३) दाङको तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट तथा कोरोना मेट्रो अस्पतालको व्यवस्थापनमा आर्थिक सहयोग जुट्दै, संघसंस्था र व्यक्तिबाट रकम सहयोग । 

 

४) भक्तपुर नगरपालिकाले ६ जेठदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन दिने, १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई १७ जेठसम्म चरणबद्ध रूपमा खोप लगाइने, ललितपुर महानगरमा पनि ६ जेठ अभियान सुरु हुने । 

 

५) डोल्पाको मुड्केचुला गाउँपालिकाबासीले बल्ल पाए सञ्चार सुविधा, पालिकाको सहयोगमा टेलिफोनको टावर निर्माण । 

 

६) रौतहटको देवाही गोनाही नगरपालिकाद्वारा कोरोनाकालसम्म पालिकाबासीलाई एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने घोषणा, पालिकाले आइसोलेसन कक्ष पनि बनायो ।

 

७) अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि कैलालीको धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा रकम बढ्दै, कर्मचारी र जनप्रतिनिधीले कोषमा जम्मा गरे तीन लाख ५० हजार आठ सय ९३ रुपैयाँ । 

 

८) काठमाडौँको चन्द्रागिरि नगरपालिकाद्वारा दुई स्थानमा ६० शय्याको अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालन, हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण ३५ जनाको मृत्यु । 

 

९) सिन्धुपाल्चोकको जुँगल गाउँपालिकालाई तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष राजेन्द्र लामाद्वारा विभिन्न स्वास्थ्य सामग्री र पौष्टिक आहार प्रदान, पालिकाले कोरोना संक्रमितलाई थप आहार दिने ।

 

१०) स्वास्थ्यकर्मी, कर्मचारी र सरसफाइकर्मीलाई कोरोना भए उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने रौतहटको राजदेवी नगरपालिकाको निर्णय, पछिल्लो समय जिल्लामा संक्रमित बढ्दै । 

 

११) कोरोना संक्रमितको संख्या बढ्न थालेपछि हुम्लाको अदानचुली गाउँपालिकाद्वारा सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय, पालिकाको कार्यालय ९ जेठसम्म बन्द हुने । 

 

१२) काठमाडौं महानगरमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई कोरोना पुष्टि, संक्रमण बढ्दै जाँदा उपत्यकाका पालिकाले सक्रियता बढाए ।

 

१३) खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द, संक्रमण दर बढेपछि साकेला गाउँपालिका एक साता सिल ।

 

१४) अस्पतालमा कोरोना संक्रमितको उपचारमा कठिनाई हुन थालेपछि प्रदेश–१ का अधिकांश स्थानीय तहले बनाए आइसोलेसन, विराटनगर महानगरपालिकाद्वारा ५१ शय्याको आइसोलेसन सेन्टर निर्माण ।

 

१५) भक्तपुरको चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई स्थानीय समाजसेवी रमेश बुढाथोकीको नेतृत्वले दियो अक्सिजनसहितको १० वटा सिलिन्डर, नगरपालिकाद्वारा कोरोना बिरामीका लागि आइसोलेसन र एम्बुलेन्स सञ्चालन । 

 

१६ ) कोरोनासँग जुध्न बागलुङका १० पालिकाको बनाए संयुक्त कोष, ५५ लाख रुपैयाँको साझा कोष निर्माण ।

 

१७) कपिलवस्तु नगरपालिकाद्वारा कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट बनाउने निर्णय, कोरोना संक्रमितको उपचारमा समस्या आएपछि बल्ल भयो निर्णय ।

 


१८) बाँकेमा जारी निषेधाज्ञा १० जेठसम्म लम्बियो, दाङको दंगीशरण गाउँपालिका–३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको कोरोना संक्रमणका कारण मृत्यु । 

 


१९) काभ्रेको पनौती नगरपालिकाद्वारा कोरोनाको लक्षण देखिएकाको स्वाब संकलन गर्न सुरु, कोरोना नियन्त्रणका लागि जनप्रतिनिधि पनि सक्रिय । 

 


२०) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरिया मैत्री अस्पताललाई काठमाडौं महानगरले दियो ३ थान भेन्टिलेटर ।