close

सर्वोच्च अदालतको बहस अव घरैबाट, सुरु भयो भर्चुअल बहस सुविधा

सर्वोच्च अदालतको बहस अव घरैबाट, सुरु भयो भर्चुअल बहस सुविधा

Trulli
ADVERTISEMENT

काठमाडौं– कोरोना संक्रमणको डरले सर्वोच्च अदालतले आज भर्चुअल माध्यमबाटै बहस गर्न सकिने व्यवस्था मिलाएको छ । 

 

मुद्धाका पक्ष र विपक्षका कानुन व्यवसायीले इजलासमै उपस्थित भएर बहस गर्नुपर्ने व्यवस्थामा परिमार्जन गर्दै सर्वोच्च अदालतले ल फर्म वा सर्वोच्चको सञ्चार कक्षबाटै भर्चुअल माध्यमबाट बहस गर्न सकिने गरी प्रवन्ध गरेको हो । 

 

‘सर्वोच्च अदालतले कानुन व्यवसायीलाई आफ्नै फर्मबाट अथवा अदालतको सञ्चार कक्षबाट वहस गर्न सक्ने व्यवस्था मिलाएको छ,’ सर्वोच्च अदालतका सञ्चारबिज्ञ किशोर पौडेलले जानकारी दिए । 

 

आज न्यायाधीश अनिल सिन्हाको एकल इजलासमा कानुन व्यवसायीले भर्चुअल माध्यमबाटै बहस गरेका छन् । जहाँ  बन्दीप्रत्यक्षीकरण सम्बन्धी ६ वटा निवेदनको सुनुवाई भएको थियो । 

 

सुरूवातको चरणमा एउटा बेञ्चबाट भएको बहसलाई सरोकारवालाहरूसँगको समन्वय मार्फत ब्यवस्थित गरिने सर्वोच्च अदालतका सहप्रवक्ता देबेन्द्र ढकालले बताए  । सर्वोच्च अदालतले न्यायपालिकाको चालू रणनीतिक योजनामा प्रविधिमैत्री बहस बनाउने लक्ष्य लिएको छ ।