close

मणिग्राममा २० लाख खर्चिएर ट्राफिक लाइट जडान गर्दै तिलोत्तमा 

मणिग्राममा २० लाख खर्चिएर ट्राफिक लाइट जडान गर्दै तिलोत्तमा 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा ट्राफिक लाइट जडान भएको छ । तिलोत्तमाले जडान गरेको ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो हो । तिलोत्तमा नगरपालिकाको लागतमा नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा ट्राफिक लाइट जडान भएको हो ।


तिलोत्तमाले नगर क्षेत्र भएर गएको बुटवल भैरहवा व्यापारिक मार्गको अत्यधिक व्यस्त हुने क्षेत्रमा ट्राफिक लाइट जडानका लागि चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट छुट्याएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । अहिले पहिलो चरणमा मणिग्राममा जडान गरिएको उनको भनाइ छ ।

 

आवश्यकताको आधारमा यसलाई ड्राइभर टोल, भलवारी र कोटिहवालगायत क्षेत्रमा पनि जडान गरिने भएको छ । ‘अहिले नगर क्षेत्रमा सबैभन्दा बढी सवारी चाप हुने मणिग्राम चोक नै हो । त्यसैले यसलाई पहिलो प्राथमिकतामा राखेर जडान गर्‍यौँ’, उनले भने, ‘अब उक्त क्षेत्र भएर तीव्र गतिमा गुड्ने सवारीलाई नियन्त्रण गरी दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरेका छौँ ।’

 

मणिग्राम रहेको बत्तीले जोखिम न्यूनीकरण गरेको आधारमा नगरका थप भागमा पनि क्रमशः जडान गरिँदै लगिने जानकारी उनले दिए ।