close

स्कूललाई ल्याप्टपदेखि काइँयोसम्म दिएका छौं: नगरप्रमुख नेपाल (भिडियाे वार्ता)

स्कूललाई ल्याप्टपदेखि काइँयोसम्म दिएका छौं: नगरप्रमुख नेपाल (भिडियाे वार्ता)

ADVERTISEMENT

धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख हुन् पर्शुराम नेपाल ।  कोरोना महामारीका बीच नगरपालिकाले जनताको स्वास्थ्य रक्षामा महत्वपूर्ण भूमिका खेलेको भन्दै दंग छन् उनी ।  जनताको समस्या समाधानमा पालिकाले कस्ता काम गरिरहेको छ ? आफ्नो चारवर्षे  कार्यकालप्रति कतिको सन्तुष्ट छन् त नगरप्रमुख ज्यू ? पूर्वाधार विकासमा नगरले के गर्यो त ?  पालिका खबर बुलेटिनका लागि करिष्मा कार्कीको प्रश्नमा नेपालले दिएको जवाफ ।


कोरोनाको दोस्रो लहर देशव्यापी छ, महालक्ष्मी नगरले आफ्ना जनताको स्वास्थ्य रक्षाका लागि कस्ता काम गरिरहेको छ ? 

हाम्रो नगरपालिकाका केही ठाउँमा कोरोना संक्रमित छन् । हामी सबैको पीसीआर गरिरहेका छौँ । घरमै संक्रमितलाई भेट्ने गरेका छौँ । होम आइसोलेसनमा बस्नेलाई सहज व्यवस्था गरेका छौँ । गाह्रो हुनेलाई स्थानीय सरकारको आइसोलेसनमा राख्ने काम गरेका छौँ । उपचार गर्ने गरेका छौँ । हामीसँग सक्रिय संक्रमित ३२ जना छन् । 

 

पालिकाभित्रका अस्पताल, चिकित्सक र उपकरणको अवस्था कस्तो छ ? 

हाम्रो नगरपालिका दुर्गम हो । हामीसँग पूर्वाधार सम्पन्न अस्पताल छैनन् । हामीसँग रहेको प्राथमिक स्वास्थ्य केन्द्र र वार्डमा स्वास्थ्य केन्द्रस्थापना गरेका छौँ । कर्मचारी साथीले नै रेखदेख गर्नुहुन्छ । हामीले सबै स्थानलाई सक्रिय बनाएका छौँ । अस्थायीकोभिड अस्पताल सञ्चालन गरेका छौँ ।  जहाँ १० जना बिरामी उपचाररत हुनुहुन्छ । हामीले सक्ने काम गरिरहेका छौँ । सरकारले ५ शय्याको अस्पताल तयार गर्न भनेपनि हामीले २० शय्याको अस्पताल बनाएका छौँ । हाम्रै स्रोत साधन प्रयोग गरेका छौँ । खोप लगाउन लगाएका छौँ । बिरामीको मनोबल बढाउनुपर्छ भनेर नगरपालिका, कार्यपालिका, जनप्रतिनिधि बिरामीको घरघर पुग्ने गरेका छौँ । 

 

एकातिर महामारीवाट जनताको जीवन बचाउँने सवाल छ भने अर्कोतिर पालिकावासीको रोजिरोटीको कुरा छ । श्रम गरेर पेट पाल्नुपर्नेहरुलाई तपाईहरुले के गरिरहनु भएको छ ? 

यहाँ ठूला बजार क्षेत्र छैनन् । भएकामा पूर्ण बन्द गरेका छौँ । हामीले निर्माणका काम रोकेका छौँ । श्रम गरेर खानेलाई बाधा गरेका छैनौँ । संक्रमित व्यक्ति विपन्न हुनुहुन्छ भने खाद्यान्नको व्यवस्था गरेका छौँ । वडालाई छनोट गर्न लगाएर हामीले खाद्यान्न पुर्‍याउने गरेका छौँ ।

 

अलिकति फरक प्रसंगमा कुरा गरौं, पालिकाको नेतृत्व गर्नुभएको ४ वर्ष पुरा भएको छ । डेढ वर्ष त कोरोनासँग जुद्दैमा बित्यो, यो अवधिमा जनतासँग गरेका बाचा चै कति पुरा भए ? के-के गर्न बाँकी रहे प्रमुखज्यू ? 

हामीले जनतासँग गरेका वाचाहरू लगभग धेरै प्रतिशत पूरा गरेका छौँ । हुँदै नभएको ठाउँलाई केही हुने अवस्थामा हामीले पु¥याएका छौँ । हामीसँग बाटा–घाटा थिएनन्, सबै वडामा बाटो पुगेको छ । खानेपानीको समस्या समाधान गरेका छौँ । सिँचाइको समस्या समाधान गरेका छौँ ।

 

हामीले कसैको घरमा अध्यारो नहोस् भनेर ‘उज्यालो नगर’ भनेर  बत्ति पुर्‍याउन सक्ने ठाउँमा बत्ति पुर्‍याउने, बत्ति पुर्‍याउन सकिँदैन भने सोलार दिएर भएपनि उज्याले पार्ने भनेर भनेका छौँ । सबै विद्यालयलाई हामीले एउटा महालक्ष्मीको साक्षरता अभियान भनेर चलाएका छौँ । शैक्षिक साक्षरता अभियान अन्तर्गत सबै विद्यालयको अवस्था, यो सरकारी हो भन्ने थिएन । हामीले ल्याप्टप र कम्प्युटर पुर्‍याउनुपर्छ भनेर पुर्‍याएका छौँ । शिशु कक्षा, मन्टेश्वरी कक्षालाई प्रविधि मैत्री बनएका छौँ । ऐना, काइयोँ, जुत्ता राख्ने र्‍याक लगायतका व्यवस्था गरेका छौँ । १२ कक्षामा प्रविधिमैत्री बनाउने अभियान अनुसार काम गरिरहेका छौँ ।