close

सात वर्षमा बल्ल बन्यो पक्की पुल, सञ्चालन हुने सुरसार छैन

सात वर्षमा बल्ल बन्यो पक्की पुल, सञ्चालन हुने सुरसार छैन

Trulli
ADVERTISEMENT

काठमाडौं- नुवाकोट र धादिङ जिल्लालाई जोड्ने त्रिशूली नदीको पक्की पुल सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकावासीले सास्ती झेल्नु परेको छ ।  सडक विभागले धादिङ् तर्फको फोस्रेटारमा करिव १५ मिटरको एप्रोज सडककको ट्र्याक हालसम्म खुलाउन नसक्दो नगरवासी तथा नुवाकोटका तारकेश्र गाउँपालिकाका बासिन्दाले अकालमा ज्यान समेत गुमाएका छन् । 


सो पुल धादिङको गल्छि गाउँपालिका-१ र नुवाकोटको बेलकोटगढी नगरपालिका -५ मा पर्छ । फोस्रेटार तर्फका केही सीमित व्यक्तिको विवादका कारण ट्र्याक खोल्न नसकिएको सडक डिभिजन कार्यालय भरतपुरद्वारा जारी पत्रमा भनिएको छ । केउरिनी- फोस्रेटार-आँपचौर -सुनौला बजार -धादिङबेशी  सडकमा अवस्थित उक्त पुलको लम्बाइ १२० र चौडाइ १६ मीटर छ ।  

 

निर्माण सम्पन्न भएको तीन महिना पुग्दा पनि पुल सञ्चालनमा नल्याइएकोमा आपत्ति जनाउँदै छिटो विवाद टुङ्ग्याउन दबाब दिन  नीलकण्ठ नगरपालिका-५ का युवाले ‘पुल सञ्चालन अभियान’ नै शुरुआत  गरेका छन् । 

 

पुल बन्नै सात वर्ष 

 

चरवर्षमा बन्नुपर्ने पुल सातवर्षमा बल्ल सम्पन्न भएको थियो । २०७१ सालमा सडक विभाग र  सपना हिम्डुङ एण्ड थोकर तथा नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीका बीचमा ठेक्का सम्झौता भएको थियो । 


१९२ मिटर लामो पुलको निर्माण गर्न करिब सात वर्ष लागेको थियो ।  सो पुल सञ्चालनमा आएमा गल्छीदेखि  केउरिनी- फोस्रेटार-आँपचौर -सुनौला बजार -धादिङबेशी पुग्न १० किलोमिटर बाटो छोटो हुने बताइएको छ  । साथै नुवाकोटको तारुका जानसमेत पनि सो बाटो सहज हुनेछ  । 


फोस्रेटार-आँपचौर -सुनौला बजार -धादिङबेशी सडकको ट्र्याक खुलाउन शुरुआतका समयमा रोडबोर्ड नेपालले आर्थिक सहयोग गरेको थियो । गल्छी गाउँपालिकाकाले सडक विभागको कमजोरीले गर्दा समस्या आएतापनि बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।