close

कर हाेइन काेराेनासँग लडाैँ (भिडियाे वार्ता)

कर हाेइन काेराेनासँग लडाैँ (भिडियाे वार्ता)

Trulli
ADVERTISEMENT

नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख हुन् नरेन्द्र कुमार गुप्ता । गुप्तासँग कोरोना संकट रोकथाममा पालिकाको पहल, महामारीले विकास निर्माणमा पारेको असरलगायतका विषयमा केन्द्रित रहेर पालिका खबर बुलेटिनका लागि करिष्मा कार्कीले गरेकाे कुराकानी  


कोरोनासँग जुद्न पालिकाले कस्ता प्रयास गरिरहेको छ ? 


अहिले दोस्रो चरणको महामारी फैलिएको छ, पहिलो चरणको महामारीबाट हामीले धेरै सिक्यौँ । केही सतर्कता अपनायौँ । हामीले केही गृहकार्य गर्न पायौँ । र, पछिल्लो समयमा हामीलेृ आइसोलेसन सेन्टर बनायौँ । यो कोभिडको संक्रमण भयावह भएकाले मानवीय क्षति हुनु स्वभाविक रह्यो ।

 

कोभिडसँग लड्ने एक मात्र माध्यम निषेधाज्ञा भएकाले हामीले निषेधाज्ञा गरेका छौँ । १५ गतेसम्म कडा निषेधाज्ञा लगाएका छौँ । त्योसँगै अक्सिजनसहितको आइसोलेसन निर्माण गर्‍यौँ । सक्रिय संक्रमित डेढ सय छ भने निको हुनेको क्रम बढेको छ । हामीले होम आइसोलेसनमा बस्न सुझाव दिएका छौँ भने मापदण्ड बारे उहाँहरूलाई जानकारी गराएका छौँ । 

 

निषेधाज्ञाको पालनामा नागरिककाे सहयाेग कस्ताे छ ? 
 

करिब ८० प्रतिशत जति पालना भएको पाइएको छ । गाउँघरमा मानिस केही न केही काममा निस्किहाल्छन् । हामी शहरी क्षेत्र र भीडभाड हुने ठाउँमा बढी निगरानी गरेका छौ । दैनिक जीवनका लागि आवश्यक पर्ने सामग्री खरिद गर्नका लागि सुरक्षा मापदण्ड पालना गरेर सामान खरिद भइरहेको छ । तर, हामीले निषेधाज्ञा तोड्ने अवस्था आउन नदिनेमा सजग छौँ । 

 

कोरोना संकटको यो अवस्थामा पनि तपाईहरुले जनतालाई कर दस्तुर लगायतमा छुट तथा मिनाहा गर्न नचाहेको जनताको गुनासो छ, यतातिर किन ध्यान भएन तपाईहरुको ?
 

सबैभन्दा महत्वपूर्ण लडाइँ कोरोनासँग हो । हाम्रो दुई आर्थिक वर्ष कोभिडसँग जुध्न समय खर्च भयो । विकास निर्माण ओझेलमा प¥यो । नागरिकसँग कर असुल्न पर्छ भन्ने सन्दर्भमा हामीले कुनै कुरा गरेका छैनाैँ । कर उठाउने, लगाउने विषयमा कडाई गरेका छैनाैँ । कतिपय निर्णय भइसकेका विषयवस्तु छन् तिनीहरूलाई पनि करसँग जोडेका छौँ । 

 

भगवान बुद्धको पवित्र अस्तुधातु भएको धार्मिक तथा ऐतिहासिक नगरपनि हो रामग्राम, धार्मिक पर्यटन प्रवद्र्धन गर्न नगरको पूर्वाधार विकासमा कस्ता काम भएका छन् ? 
 

सबैभन्दा महत्वपूर्ण ठाउँ रामग्राम स्तुप हो । भगावन गौतमबुद्धको अस्तुधातु रहेको ठाउँ हो । मावली स्थान देवदह हाम्रो लागि महत्वपूर्ण छ । यसको विकासका लागि हामीले पहल गरिरहेका छौँ । रामग्राम स्तुपा भएको ठाउँ ओजैनीको विकास गर्न हामी लागिपरेका छौँ । निर्धारित क्षेत्र भित्र रहेकाले प्रत्यक्ष केह गर्न नसक्ने भएपनि त्यसको वरपर हामीले पूर्वाधार निर्माण गरेका छौँ ।

 

विकास बजेटसमेत कोरोना रोकथाम र नियन्त्रणमा खर्च गर्नुपरिरहेको अवस्था छ । यो दोस्रो लहर सुरु भएपछि भने तपाईहरुले कति खर्च गर्नुभयो, जनताले रोगविरुद्ध स्थानीय सरकार लडिरहेको अनुभूति कसरी गर्दैछन् ? 
 

के छ भने, अक्सिजनसहितको आइसोलेसन निर्माण गर्‍यौँ ।  केही पूर्वाधारमा खर्च गत साल भइसकेकाले पुरानै संरचना ब्युँतायौँ । यो पटक जनशक्तिमा बढी खर्च भयो । आइसोलेसनका लागि आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी चाहियो । हामीले आइसोलेसनमा आवश्यक पर्ने जनशक्तिका लागि दरखास्त आह्वान गरेका छौँ । 

 

कार्यभार सम्हालेको ४ वर्ष भएको छ ? जनताका पक्षमा के गरेजस्तो लागेको छ र अब के-के गर्न बाँकी छन् तपाईले ? 
 

जे जति काम गरेका छौँ, जनताको पक्षमा काम गरेका छौँ । सानो होस् वा ठूलो जनताको विकास र पूर्वाधार निर्माणमा गरेका छौँ । रामग्रामवासीकै पक्षमा गरेका छौँ । हाम्रो पालिकामा १८ वडा छन् । हामीले पाँच गाविस जो विकासको रूपमा धेरै पछाडी परेका थिए, त्यता बाटो बनायौँ । खानेपानीको आयोजना अघि बढाएका छौँ । रामग्राम नगरपालिका भित्र बसपार्क निर्माण गरेर असोज देखि सञ्चालन गर्ने तयारी गरेका छौँ ।