close

कोरोनाले सोचे अनुरुप काम गर्न सकिएन: उपाध्यक्ष लामा (भिडियाे वार्ता)

कोरोनाले सोचे अनुरुप काम गर्न सकिएन: उपाध्यक्ष लामा (भिडियाे वार्ता)

Trulli
ADVERTISEMENT

यसपटकको पालिका टकमा हामीले नुवाकोटको म्यागङ गाउँपालिकाकी उपाध्यक्ष शान्ति लामाससँग कोरोना संकट रोकथाममा पालिकाको पहल, महामारीले विकास निर्माणमा पारेको असर लगायतका विषयमा कुराकानी गरेका छौैं । पालिका खबर बुलेटिनको लागि करिस्मा कार्कीले लामाससँग गरेको कुराकानीको सम्पादित अंश


कोरोनासँग जुद्धन पालिकाले कस्ता प्रयास गरिरहेको छ ? 
यो महामारीसँगै  लक्षण मिलेका ५८ जनाको एन्टिजेन र पीसीआर गर्दा ३५ जनामा संक्रमण देखिएको छ मसहित । तीमध्ये ३ जना अस्पालमा र बाँकी होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श दिइरहेका छौँ । वडामा रहेका स्वास्थ्यकर्मीसँग पनि सम्पर्कमा छौँ । वडा नम्बर ३ मा देउराली स्वास्थय केन्द्रमा ८ शय्या अक्सिजनसहितको तयारी गरेका छौँ । तीन चिकिस्तक छन् । स्वास्थ्य मापदण्ड लागु गरेर तीन एम्बुलेन्स तयारी अवस्थामा राखेका छौँ । 

 

तपाईं आफै संक्रमित हुनुहुन्छ, कस्तो छ स्वास्थ्य अवस्था ?
म त बिरामी भएर भन्दा पनि राष्ट्रियसभाको उपनिर्वाचनमा परीक्षण गर्दा मलाई पोजेटिभ देखियो । तर, मलाई त्यस्तो असहज भएको छैन । यो रोग भन्दा पनि मानसिक रोग भए जस्तो लागेको छ । 

 

कोरोनासँग जुद्धन पालिकाले कस्ता प्रयास गरिरहेको छ ? तपाई आफै संक्रमित हुनुहुन्छ, कस्तो छ स्वास्थ्य अवस्था ?
योजना रोकिएको छैन । बाहिरबाट आउन दिएका छैनौँ । आवतजावतमा रोक लगाइएको छ । 

 

कोरोना रोकथाम र नियन्त्रणमा अन्य खर्च कटाएर आइसोलेसन बनाउने लगायतका काम भए होलान् । हालसम्म कति खर्च भयो ? 
खर्च चाहिँ यकिन तथ्यांक भन्ने अवस्था छैन । स्वास्थ्य सामग्री देखि अरु कुरामा क्वारेन्टिन व्यवस्थापन र खानपानमा विशेष खर्च गरेका छौँ । यति नै रकम खर्च भयो भनेर भनेका छैनौँ ।

 

कोरोना महामारी अघि पनि विभिन्न योजना गाउँपालिकाले अघि सारेको थियो । योजनाका लागि बजेट पास गरेको थियो । अहिले महामारीका कारण ति योजनाको प्रगति के छ ? 
बनाएका योजना, पूर्वाधार कार्यक्रममा असर गरेको छैन । ८५ प्रतिशत भन्दा माथि हाम्रो काम सकिएको छ । 

 

महामारीसँगै अन्य प्रशंगको पनि कुरा गरौँ । चार वर्ष भयो तपाईले स्थानीय सरकारको नेतृत्व गर्नुभएको, समीक्षा गर्दा कार्यकाल कस्तो भइरहेको जस्तो लाग्छ ? 
राज्य पुर्नसंरचनापछि पहिलो निर्वाचित जनप्रतिनिधि हौँ, हामी । पहिलो कुरा त नीति, निर्माणले काम गर्न दिएन । कतिपय कुरा प्रदेश सरकारले तोके बमोजिम हुनेछ भनियो ।

 

हामीले केही कुरा बनेपनि कार्यानवयन गर्न कर्मचारी थिएनन् । बीचमा भूकम्पले पुर्‍याएको क्षति को भरपाई गर्न खर्च गर्‍यौँ । महामारीले गर्दा सोचे जति गर्न सकेका छैनौँ । 

 

तपाई आफै महिला जनप्रतिनिधि हुनुहुन्छ, महिला सशक्तिकरणका क्षेत्रमा के काम गर्नुभयो ?
अब निर्वाचित भएपछि जननिर्वाचित महिला प्रतिनिधिलाई प्रतिनिधित्व गराइयो । हामीलाई तोकेको क्षेत्राधिकारको कुरा, प्रशिक्षण गर्‍यौँ । विकास निर्माण, आय आर्जनका काममा सहभागी गराउने पहल गर्‍यौँ । कतिपय ठाउँमा सहभागी गराएर स्वास्थ्य, शिक्षा विकास निर्माणको काममा पहल गरेँ ।