close

निषेधाज्ञाको समयलाई राष्ट्रिय बिदा कायम गर्न स्क्याफकाे माग

निषेधाज्ञाको समयलाई राष्ट्रिय बिदा कायम गर्न स्क्याफकाे माग

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालका आर्किटेक्चरहरुको छाता संस्था सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस (स्क्याफले) कोरोनाको दोस्रो लहरबाट सिर्जित परिस्थितिले सम्पूर्ण पूर्वाधार निर्माण तथा परामर्शका आयोजनामा असर गरेको भन्दै निषेधाज्ञाको समयलाई राष्ट्रिय बिदा कायम गर्न माग गरेको छ ।

 

स्क्याफका अध्यक्ष टुकलाल अधिकारी तथा महासचिव प्रकाश अधिकारीले  सरकारलाई पत्र लेख्दै यस्तो अपिल गरेका हुन् । स्क्याफले देशभरका आयोजनाका लागि दोसो लहरको संक्रमण नियन्त्रण नहुँदासम्म राष्ट्रिय बिदा कायम गर्न माग गरेको हो ।


पूर्वाधार विकासका क्षेत्रमा निरन्तर परामर्श सेवा प्रदान गरिरहेका इन्जिनियर, आर्किटेक्ट, व्यवसायी लयायतको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ ।