close

३० अर्बको बजेट ल्याउँदै कर्णाली सरकार

३० अर्बको बजेट ल्याउँदै कर्णाली सरकार

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । प्रदेशसभाको बजेट अधिवेशन २४ जेठमा आह्वान गरिएको छ । 

 

कर्णाली प्रदेश सरकारको सिफारिसमा कर्णाली प्रदेशसभाको बजेट अधिवेशन २४ जेठमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आह्वान गरेका हुन् ।

 

कर्णाली प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन २४ जेठ २०७८ मा दिउँसो २ः०० आह्वान गरेको प्रमुख प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीले जानकारी दिए ।


‘नेपालको संविधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको बैठकको आह्वान गर्नुभएको हो,’ उनले भने, ‘सरकारको सिफारिसको बैठकको आह्वान प्रदेशप्रमुखले गर्नुभएको छ ।’


बिहीबार सभामुख राजबहादुर शाहीको आह्वानमा सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको थियो । सोही आधारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।