close

कोरोना नियन्त्रणमा मेचीनगर मोडल (भिडियो खबर)

कोरोना नियन्त्रणमा मेचीनगर मोडल (भिडियो खबर)

ADVERTISEMENT

झापा- प्रदेश नम्बर १ मा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको छ । संक्रमितको संख्या उकालो लाग्नुको कारण भारतीय खुला सीमा हो । भारतसँग सीमा जोडिएका अधिकांश जिल्ला र स्थानीय तहमा संक्रमणको दर उच्च छ । संक्रमित घरमै आइसोलेट भएका छन् । केही स्थानीय तहले बनाएको अस्पताल र आइसोलेसनमा बसिरहेका छन् ।

 

महामारीको यो बेलामा स्थानीय सरकारले पनि स्थानीयका लागि भन्दै बनाएका आइसोलेसनले संक्रमण घट्ने क्रम चलिरहेको छ । गत वर्षको अभावले सिकाएको पाठले नै अहिले पालिकाहरूबाट भए गरेका काम उत्कृष्ट भएको स्थानीयले नै बताउन थालिरहेका छन् । स्थानीयलाई संक्रमण मुक्त बनाउन यस्तै पहल गरिरहेको छ, झापाको मेचीनगर नगरपालिका । अक्सिजनसहितको आइसोलेसन, घरघरमा चिकित्सकको टोली र कोरोना परीक्षणको दायरा बढाउने काम भइरहेको छ । 

 

झापाको मेचीनगर नगरपालिकाले ३५ शय्याको आइसोलेसन तयार गरेको छ । नगरमा कोरोना संक्रमित बिरामीको संख्या दिनानुदिन बढेपछि आइसोलेसन निर्माण गरिएको नगरपालिकाले जनाएको छ । धेरै बिरामी घरमै रहेको भएपनि असह्य पीडा भएमा १३ नम्बर वडाको धाइजनमा निर्माण गरिएको आइसोलेसनमा आउने गरेका छन् । त्यहाँ पनि उपचारमा समस्या देखिए मात्रै अन्यन्त्र अस्पताल पठाउने गरिएको छ । 


नगरले बिरामी ओसार्न निशुल्क एम्बुलेन्सको पनि व्यवस्था गरेको छ । आइसोलेसनमा समेत कुनै खर्च लाग्दैन । हप्तामा २ दिनमात्रै कोरोना परीक्षण गरिरहेको नगरले अहिले हरेक दिन सेवा दिइरहेको छ । संक्रमितको संख्या यकिन गर्न परीक्षणको दायरा समेत बढाइएको छ । घरमै रहेका बिरामीलाई अक्सिजन समेत पुर्‍याइएको छ । यो सँगै ५० वटा अक्सिजन सहितको ३० शय्याको आइसोलेसन निर्माण समेत गरिएको छ । अब, कुनै पनि बिरामीले उपचार नपाउने अवस्था नआउने दावी नगरपालिकाको छ । 


भारत सँगको पूर्वी नाका जोडिएकाले मेचनीगर आफैमा जोखिमयुक्त नगरपालिका हो । थप संक्रमण फैलन सक्ने आकलन गर्दै अहिले नगरले बिरामीलाई अक्सिजनको अभाव नहोस् भनेर प्लान्ट नै निर्माणको तयारी गरिएको छ । विभिन्न संघसंस्थाको सहयोगमा मेची आम्दा अस्पतालको परिसरमा अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको जनाइएको छ । यो सँगै आइसोलेसन तयार गरिसकेको पालिकाले कोरोना संक्रमित बिरामीलाई जतिसक्दो सहजता दिलाउने प्रयास गरिरहेको छ ।