close

उदयपुरमा लम्बियो निषेधाज्ञा

उदयपुरमा लम्बियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला प्रशासन कार्यालय उदयपुरले ८ असारसम्म निषेधाज्ञा बढाएको छ । कोभिड प्रभाव बढ्दो अवस्थामा रहेको जनाउँदै निषेधाज्ञा थपिएको हो ।


जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा अवधि बढाउन सिफारिस गरेको थियो ।


निषेधाज्ञा अवधिभर, शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, फोहोरमैला, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी, इन्धन र अत्यावश्यक वस्तुका सामान ढुवानीबाहेक साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले जानकारी दिए ।


बैठकले खाद्यन्न तथा निर्माण सामाग्री ढुवानी बेलुका ५ देखि बिहान ५ बजेसम्म, अत्यावश्यक उपभोग्य वस्तु बिहान ७ देखि १२ बजेसम्म खोल्ने, अत्यावश्यक कामका लागि सवारी अनुमति लिएर हिँड्न सकिने, बंैक तथा वित्तीय संस्था राष्ट्र बैंकको निर्देशनअनुरूप खोल्न पाउने व्यवस्था गरिएको छ । 

 

जिल्ला प्रशासन कार्यालय उदयपुरले शुक्रबार सूचना प्रकाशित गर्दै २८ वैशाखबाट ७ असारसम्म लागू हुने गरी निषेधाज्ञा अवधि बढाइएकोे सूचनामा उल्लेख छ ।


पछिल्लो निषेधाज्ञामा खाद्यन्नलगायत अत्यावश्यक वस्तुका लागि समय थपिएको छ । अघिल्लो पटक बिहान ७ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पसल ७ देखि १२ बजेसम्म खोल्न पाइनेछ ।