एजेन्सी- कोरोना भाइरसको महामारी थप फैलिन सक्ने भन्दै पाकिस्तान सरकारले २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाएको छ । नेस्नल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसिओसि)ले अहिलेकै समयमा बाहिरी देशहरुबाट मानिसलाई आउन दिनु उपयुक्त नहुने निश्कर्ष निकालेको थियो ।
पाकिस्तानले महामारीको प्रभावका आधारमा विभिन्न देशहरुलाई ए, बी र सी समूहमा वर्गीकरण गरेको छ । वर्गीकरण गरिएका मध्ये सी समूहमा परेकाहरुलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो ।
पाकिस्तान प्रवेश प्रतिबन्ध गरिएका देशहरुमा भारत, इरान, बङ्गलादेश, भुटान, इन्डोनेसिया, इराक, माल्दिभ्स, नेपाल, श्रीलङ्का, फिलिपिन्स, अर्जेन्टीना, ब्राजिल, मेक्सिको, दक्षिण अफ्रिका, ट्युनिसिया, बोलिभिया, चिली, कोलम्बिया, कोस्टारिका, डोमिनिक गणतन्त्र, इक्वेडर, नामिबिया, पाराग्वे, पेरु, ट्रिनिडाड र टोवागो सँगै उरुग्वे रहेका छन् ।