close

प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम पारित, बजेट ल्याउन खुल्यो बाटो 

प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम पारित, बजेट ल्याउन खुल्यो बाटो 

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रदेश  १ र लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । 


अल्पमतमा रहेका भनिएका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पेस गरेको नीति तथा कार्यक्रम पास भएसँगै अब बजेट ल्याउने बाटो खुल्ला भएको छ ।    


प्रदेश प्रमुख धर्मनाथ साहले जेठ २५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसपाले आफ्ना सांसदलाई नीति तथा कार्यक्रमको विपक्षमा बस्न ह्वीपसमेत लगाएको थियो । 


उता प्रदेश १ का एमाले सांसदहरु एकठाउँमा उभिएपछि त्यहाँपनि नीति तथा कार्यक्रम पारित भएको हो । २७ जेठमा प्रदश प्रमुख सोमनाथ प्यासीले नीति तथा कार्यक्रम पेश गरेका थिए ।