close

भालुवाङको पक्षमा मतदान गर्न नेकपाको ह्वीप, १४ सांसदको असहमति

भालुवाङको पक्षमा मतदान गर्न नेकपाको ह्वीप, १४ सांसदको असहमति

Trulli
ADVERTISEMENT

रुपन्देही– प्रदेश ५ को स्थायी राजधानी र नामबारे सदनमा पेश गरेको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ ।

बिहान ८ बजेदेखि करिब ६ घण्टा बसेको संसदीय दलको बैठकले प्रस्ताव पास गराउनका लागि ह्वीप लगाउने निर्णय गरेको नेकपा सचेतक भूमिश्वर ढकालले वताए । उनले पार्टीको आधिकारिक निर्णय भएकाले सबैले प्रस्तावको पक्षमा मत दिने विश्वास व्यक्त गरे ।

प्रदेशको स्थायी राजधानी तोक्ने बिषयमा प्रदेश सरकारको तर्फबाट संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलले प्रस्ताव गरेको दाङको भालुवाङ सहितको क्षेत्रलाई गरेको प्रस्तावको विपक्षमा संसदीय दलका १४ जना सभासदले फरक मत दर्ता गराएका छन् ।

उनीहरुले दर्ता गराएको फरक मतमा ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक हरेक हिसाबले महत्वपूर्ण रहेको विश्व शान्तिका अग्रदुत महामानव गौतमबुद्धको क्रिडास्थलको रुपमा रहेको अस्थाई राजधानीको पूर्ववर्ती सरकारले गहन अध्ययनका साथ जनसंख्याको वाहुल्यता, शैक्षिक, यातायात, स्वास्थ्य, रोजगार प्रवद्धनको आधारमा प्रदेशको अस्थाई राजधानीको रुपमा निर्णय समेत भइसकेको अवस्थामा अन्यत्र सार्ने प्रस्तावमा असहमति जाहेर गरिएको छ ।

संसदीय दलमा फरक मत दर्ज गर्नेहरुमा भोज प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद न्यौपाने, दधिराम न्यौपाने, सुनिता ठडेर, विमला पन्थी, थानकुमारी थापा, तुल्सी प्रसाद चौधरी, युवराज खनाल, नारायण प्रसाद आचार्य, रमा घर्तीमगर, डा.पुरन आचार्य, धर्मबहादुर लाल श्रीवास्तव, बिष्णु प्रसाद पन्थी र फौजिया मिया छन् ।