close

बीओकेका सेयरधनीलाई १६ प्रतिशत लाभांश 

बीओकेका सेयरधनीलाई १६ प्रतिशत लाभांश 

Trulli
ADVERTISEMENT

काठमाडौं - बैंक अफ काठमाण्डू (बीओके) ले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 


बैंकको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो ।


उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ ।