close

१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर

१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको दक्षिण क्षेत्र १८ दिनपछि सडक सञ्जासँग जोडिएको छ ।१ ८ असारदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरका कारण जिल्लाको दक्षिण क्षेत्र सडक सम्पर्कविहीन भएको थियो ।

 

आइतबार कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले बाढीपहिरोका कारण क्षति पुगेको करिडोर मर्मत गरेपछि सडक सुचारु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

बागलुङ–कुश्मीशेरा सडक भने अझै खुलेको छैन । करिडोर तत्कालका लागि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । 

 

बागलुङ नगरपालिका वडा नम्बर १० एक्लेसालमा खसेको पहिरोले त्यहाँ रहेका चार वटा सडकमा क्षति पु-याएको थियो । ‘दक्षिण जोडिएका सडकमा यो वर्ष निकै समस्या छ । ठूल्ठूला पहिरोले सडक अवरुद्ध हुने गरेको छ।’ कार्कीले भने, ‘ठूलो वर्षा नभए केही दिन सडक सुचारु रहन्छ ।’ 

 

करिडोर सञ्चालनमा आएपछि जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमनमा सहज हुनेछ । करिडोरसमेत बन्द हुँदा जिल्लाको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका किसान सबैभन्दा धेरै मर्कामा परेका थिए ।

 

अत्यावश्यक खाद्यान्नलगायत सामग्रीको ढुवानीमा समेत समस्या भएको थियो भने बिरामी बोक्ने एम्बुलेन्ससमेत नचलेका कारण पैदल हिँडेर छिमेकी जिल्ला पर्वत सदरमुकाम कुश्मा बजार पुग्नुपर्ने बाध्यता थियो । ‘खुलेका बेला खाद्यान्न स्टोर गर्न भनेका छौँ । विकल्प पनि छैन,’ कार्कीले भने ।