close

बागलुङले पायो पहिलो पटक दुई मन्त्री !

बागलुङले पायो पहिलो पटक दुई मन्त्री !

Trulli
ADVERTISEMENT

बागलुङ- गण्डकी प्रदेश सरकारले पूर्णता पाउँदा बागलुङले दुई जना मन्त्री पाएको छ । यसअघिको सरकारमा बागलुङबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने कोही पनि मन्त्री थिएनन् ।

 

गण्डकी प्रदेश सरकारमा बागलुङबाट पहिलो पटक मणिभद्र शर्मा र चन्द्रबहादुर बुढा ‘सागर’ मन्त्री बनेका हुन् । कृष्णचन्द्र पोख्रेल नेपाली नेतृत्वको सरकारमा कँडेल र बुढाले मन्त्री पाउँदा गण्डकी प्रदेश गठनपछि पहिलो पटक बागलुङले मन्त्रीमण्डलमा प्रतिनिधित्व गरेको हो ।


बागलुङमा कांग्रेसलाई संगठित गर्न महत्त्वपूर्ण भूमिका खेलेका कँडेलले पहिलो पटक लाभको पद लिएका हुन् । उनी पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका छन् । माओवादी केन्द्रबाट चन्द्रबहादुर बुढाले भूमि व्यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् ।


बुढाले माओवादी संघर्षका बेला कष्टपूर्ण राजनीतिक यात्रा गरेका थिए । कँडेल कांग्रेसबाट समानुपातिक सांसद हुन् भने बुढाले बागलुङ क्षेत्र नं. २ प्रदेशसभा (क)बाट निर्वाचन जितेका हुन् । दुवै जनाले महत्त्वपूर्ण मन्त्रालय पाएकाले बागलुङको आर्थिक र पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।


‘हामीले गुनासो राख्ने ठाउँ थिएन । दुवै नेता विकासप्रेमी हुनुहुन्छ,’ ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘कम्तीमा गुनासो राख्न पाइन्छ ।’ बागलुङबाट गण्डकी प्रदेशसभामा ८ जनाले प्रतिनिधित्व गर्छन् । कांग्रेसबाट २, एमालेबाट २, राष्ट्रिय जनमोर्चाबाट २ र माओवादी केन्द्रबाट २ जना सांसद छन् ।

 

९ जनामध्ये राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गर्ने कृष्ण थापा कारबाहीमा परेकाले उनले निर्वाचन जितेको बागलुङ क्षेत्र नं. १ प्रदेशसभा (ख) खाली छ ।