close

६५४ स्थानीय तहलाई सरकारको पत्र: आधारभूत अस्पताल बनाउने भए डिपिआर अनिवार्य

६५४ स्थानीय तहलाई सरकारको पत्र: आधारभूत अस्पताल बनाउने भए डिपिआर अनिवार्य

Trulli
ADVERTISEMENT

काठमाडौं- आधारभूत अस्पताल निर्माणका लागि सरकारले देशभरका ६ सय ५४ स्थानीय तहलाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पठाउन परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिपिआर तयार गरी पेस गरिएका स्थानीय तहलाई मात्र बजेटको व्यवस्था गर्न सकिने गरी पत्र पठाएको हो ।


सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको नीति अनुसार चालू आर्थिक वर्षमा २ सय ५९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य रहेको सरकारले जनाएको छ ।


यसअघि आव ०७८/७९ मा ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको निर्माण प्रक्रिया थाल्ने निर्णय अनुरुप हाल ति स्थानीय तहबाट जग्गाको उपलब्धता,डिपीआर तयार तथा टेण्डर सम्झौता(निर्माण बोलपत्र सम्झौता) भइसकेको सरकारले जनाएको छ । आधारभूत अस्पताल निर्माणका लागि चालू आवमा थप हुने २ सय ५९ स्थानीय तहसहित यसअघि जग्गाको व्यवस्थापन, डिपिआर तयारलगायत कार्य पूरा गर्न बाँकी रहेका स्थानीय तहले यो कार्य पूरा नगरे बजेटको व्यवस्था हुन नसक्नेसमेत मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बताए ।