close

वर्षाका कारण बन्द भइरहने राप्ती लोकमार्गमा चौबिसै घण्टा जेसीबी

वर्षाका कारण बन्द भइरहने राप्ती लोकमार्गमा चौबिसै घण्टा जेसीबी

Trulli
ADVERTISEMENT

सल्यान- वर्षाका कारण पटक-पटक बन्द भइरहने राप्ती लोकमार्ग अन्तर्गतको कपुरकोट-तुलसिपुर सडक खण्डमा चौविसै घण्टा जेसीबीको व्यवस्था गरिने भएको छ । मंगलबार सल्यानको कपुरकोट गाउँपालिकामा बसेको बैठकले सडकको अवरोध हटाउनका लागि यस विषयमा  निर्णय गरेको हो । कपुरकोट गाउँपालिका, जिल्ला प्रशासन कार्यालय सल्यान, सडक डिभिजन कार्यालय दाङ तथा सल्यान जिल्लाका सुरक्षा निकाय सहितको बैठकमा राप्ती लोकमार्गको समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।


गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षता तथा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाको विशेष उपस्थितिमा बसेको बैठकले वर्षातका कारण सडक अवरुद्ध भइरहने समस्या भएकाले अवरोध हटाउन सडक डिभिजन कार्यालय दाङले चौबिसै घण्टा एउटा जेसीविको व्यवस्था गर्ने निर्णय भएको कपुरकोटका प्रमुख प्रशासकीय अधिकृत मोेहन खड्काले बताए । 


गाउँपालिका अध्यक्ष सेनले सल्यान दाङ सडकमा यात्रा गर्नेहरुले लामो समयदेखी सास्ती भोगिरहहेको तथा स्थानीय सरकारले दोष खेपिरहनुपरेको भन्दै सडक स्तरोन्नतीका लागि विशेष महत्वका साथ अगाडी बढ्न सडक डिभिजन कार्यालयलाई आग्रह गरका छन् । सडक डिभिजन कार्यालय दाङका प्रमुख सिनियर डिभिजन ईन्जिनियर निरज शाख्यले आफ्नो कार्यालयले सडक फराकिलो बनाउने तथा स्तर उन्नती गर्नका लागि आवश्यक बजेटको व्यवस्था सँगसँगै निर्माण कार्य अगाडी बढाउने, मर्मत गर्ने तथा दाङ सल्यान सडक खण्डको पूर्ण रुपमा स्तरोन्नतीका लागि लागत स्टमेट तयार गरेर बजेट माग गरी पठाएको जानकारी गराए ।

समस्या समाधानका लागि आवश्यक पहल गर्ने जनाउँदै प्रमुख जिल्ला अधिकारी खतिवडाले सडकमा सहज तरिकाले सवारिसाधन आवागमन र सडक सुचारु गर्नका लागि अन्य व्यवस्था गर्न सडक डिभिजन कार्यालयलाई अनुरोध गरिन् । 


बैठक अघि टोलीले कपुरकोट देखी चोरखोला सम्मको क्षेत्रको अनुगमन समेत गरेको थियो ।