close

मिर्गौला, क्यान्सर र मटु रोगीलाई लुम्बिनी सरकारकाे दुई लाख

मिर्गौला, क्यान्सर र मटु रोगीलाई लुम्बिनी सरकारकाे दुई लाख

Trulli
ADVERTISEMENT

रुपन्देही- लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि  एक लाख रुपैयाँ पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो ।     
     
प्रदेश सरकारले कोरोनाका बिरामीको उद्धार गर्न हटलाइन र एम्बुलेन्सको व्यवस्था गर्ने र त्यस्तो खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ ।

 

बैठकले कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमार्फत एन्टिजेन परीक्षणको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने र कोभिड–१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने निर्णय गरेको छ ।