close

स्वास्थ्य सेवा व्यवस्थापन संघ गठन

स्वास्थ्य सेवा व्यवस्थापन संघ गठन

Trulli
ADVERTISEMENT

काठमाडौं- स्वास्थ्य सेवा व्यवस्थापन संघ गठन भएको छ । स्वास्थ्य सेवा व्यवस्थापकहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयमा ‘नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ’ दर्ता गराएका हुन् ।


प्राध्यापक कविता खनालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति बनाइएको चन्दननाथ नगरापलिका १ आचार्य गाउँका काठमाडौँमा स्वास्थ्य सेवा व्यवस्थापन तर्फ अध्ययनरत पंकज आचार्यले बताए । उनले भने संघको उपाध्यक्षमा उत्तम राजकर्णिकार, कोषाध्यक्षमा सजना कुँवर र सचिवमा मनिस दवाडी छन् ।


यस्तै कार्यकारी सदस्यहरुमा विकास अधिकारी, धिरज मैनाली, ऋषिप्रसाद सापकोटा, सन्ध्या कार्की र आशिष कुँवर छन् । स्वास्थ्य सेवा व्यवस्थापकको हकहितमा निरन्तर लाग्ने उद्देश्यका साथ संघ स्थापना गरिएको अध्यक्ष खनालले बताइन् ।


‘अबको ६ महिनाभित्रमा अधिवेशन गर्छौं,’ खनालले भनिन्, ‘अब बिस्तारै सबै स्वस्थ्य सेवा व्यवस्थापकलाई समेट्दै जान्छौँ ।’ उनका अनुसार स्वास्थ्य सेवा व्यवस्थापकहरुको हकहितको आवाज उठाउन संघ गठन गरिएको हो ।