close

पालिकाको अधिकारमा संघीय सरकारको हस्तक्षेप छ (भिडियाे वार्ता)

पालिकाको अधिकारमा संघीय सरकारको हस्तक्षेप छ (भिडियाे वार्ता)

ADVERTISEMENT

बागलुङ जिल्लाको गलकोट नगरपालिका प्रमुख भरत शर्मासँग पालिकाखबर वुलेटिनका लागि पालिकाको बजेट कार्यान्वयन, जनप्रतिनिधिको ४ वर्षे कार्यकालको समीक्षा, पालिकावासीका जीवनस्तर उकास्न भएका प्रयासलगायतका विषयमा गरिएको कुराकानी: 

 

जनप्रतिनिधिको हैसियतमा ४ वर्षको अनुभव बटुल्नु भएको छ । यो अवधिमा स्थानीय तहमा देखिएका समस्या कस्ता रहेछन्? संघ र प्रदेश सरकारले स्थानीय तहलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?

 
स्थानीय तहका बारेमा संवैधानिक जुन व्यवस्था भयो, तीन तहका सरकार बने । नयाँ ऐन बमोजिम यो पालिका नगरपालिका बन्यो । शून्य अवस्था अर्थात् दुई जना कर्मचारीबाट हामीले काम सुरु गरेका हौँ । विद्यमान कानूनका आधारमा काम गर्दा प्रारम्भिक अवस्थामा असहज भयो ।


सहज र असहज परिस्थितिका बाबजुद पनि हामी अघि बढेर चार वर्ष पूरा गरेका छौँ । जनतासँग नजिक भएर सिंहदरबारको अधिकार गाउँगाउँम पु¥याउने संवैधानिक व्यवस्था कार्यान्वयन गर्ने गरी हामी अघि बढिरहेका छौँ । संघ र प्रदेशले हेर्ने दृष्टिकोणमा भने अलिक फरक छ । तीन तहको सरकार संविधानले नै व्यवस्था गरेको छ । 


सबैको फरक अधिकार, कर्तव्यका कुरामा सहअस्तित्वका कुरामा प्रदेश सरकारको हैसियत त कामयाव भएको छैन । तर, संघीय सरकारले संवैधानिक व्यवस्था अनुसार अधिकार हस्तान्तरण गरेको कुरामा कन्जुस्याइँ गरेको देखिन्छ । केन्द्रीकृत मानसिकता जस्तो देखिएको छ । 

 

कोरोनाले विद्यालय, उद्योग, कलकाराखाना सबै प्रभावित छन् यसतो वेला बजेटमार्फत करको दायरा वढाएको भनेर आलोचना सुनियो । यस सम्वन्धि तपाईहरुको भिजन र कार्यान्वयन नीति के हो ?


पहिलो दुई वर्ष स्थानीय सरकारबारे अनुभव प्राप्त भयो । तर, कोरोना भित्रियो । त्यतिखेर हामीले बलबुद्धिले जनताको सेवामा खटियौँ । सामान्य इच्छा पूरा गर्नु भन्दा कोरोना नियन्त्रण गर्नेतर्फ हामी पुग्यौँ । फेरि दोस्रो लहरको कोरोना आयो । हामीले चालु आर्थिक वर्षको बजेट ल्याउँदा कोरोनाबाट प्रभावित नागरिकलाई राहत र पुर्नउत्थानका लागि योजना अघि सारेका छौँ । 

 

कृषि, पशुपालनलगायमा पर्याप्त अनुदान दिनुभएको छ । यसपटक पनि बजेटमा ती कुरा छन् । पालिकावासीको जीवनस्तरमा यो अनुदानले कति प्रभाव पार्यो ? अनुदानको दुरुपयोगको विषय पनि उठेको छ कसरी अनुगमन गर्नुहुन्छ ?


हामीले अनुदानका कार्यक्रम, सहयोगका कार्यक्रम अघि बढाएका छौँ । तर, प्रशासनिक संयन्त्रमा विकृति संस्थागत हुँदै आएको छ । विकृतिलाई चिर्दै हामी अघि बढ्नुपर्दा चुनौती भएको छ । तर, हामी आइसक्दा कृषि क्षेत्रमा हामीले योजना अघि बढाउँदा नागरिकमा सकारात्मक प्रभाव परेको छ । 


पालिकाले हालसम्म पूर्वाधारका क्षेत्रमा गरेको लगानी र प्रतिफलका विषयमा अलिकति बताइदिनुस न । 


पूर्वाधारको क्षेत्रमा हामीले धेरै काम गरेका छौँ । सडक बनाउने, वडा कार्यालयको भवन बनायौँ । केही वडा कार्यालयको भवन बन्दैछन् । बजार व्यवस्थापनको पाटोमा पनि काम गरेका छौँ । 

 

पालिकावासीलाई खोप लगाइसक्नुभएको हो? के छ तेस्रो लहरको कोरोनासँग जुध्ने रणनीति ?

 
सबैलाई लगाएको छैन । ५० वर्षदेखि माथिका सबैले लगभग लगाएका छन् । कोरोनाको प्रभाव फेरि बढेको छ । कोरोना अस्पताल बनाएर धेरै बिरामीलाई उपचार गराइरहेका छौँ ।