close

पालिकाखबरको प्रधान सम्पादकमा राजन नेपाल

पालिकाखबरको प्रधान सम्पादकमा राजन नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं- पालिकाखबर मिडिया हाउस प्रा.लि.व्यवस्थापनले दुई दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार राजन नेपाललाई पालिकाखबरको प्रधान सम्पादकमा नियुक्त गरेको छ ।

 

१ भदौदेखि प्रधान सम्पादकमा नियुक्त भएका नेपालले पालिका खबरअन्तर्गतका पालिकाखबर अनलाइन, टेलिभिजन, म्यागजिन र रेडियो गरी चार वटै आउटलेटको संयोजन गर्नेछन् ।

 

नेपाल यसअघि पालिकाखबर मासिक पत्रिकाको प्रधान सम्पादक थिए ।

 

प्रधान सम्पादक नेपालसँग यसअघि नागरिक दैनिकको साप्ताहिक प्रकाशन शुक्रबार, मासिक प्रकाशन नागरिक परिवार, अन्नपूर्ण पोष्टको साप्ताहिक प्रकाशन अन्नपूर्ण सम्पूर्णमा सम्पादक भएर काम गरेको अनुभव छ ।