close

सर्वोच्चमा बन्यो न्यायिक संग्रहालय

सर्वोच्चमा बन्यो न्यायिक संग्रहालय

Trulli
ADVERTISEMENT

काठमाडौं- सर्वोच्च अदालत परिसरमा नेपालको न्याय प्रणाली र न्यायिक इतिहासबारे जानकारी पाउने गरी न्यायिक संग्रहालय निर्माण गरिएको छ । सर्वोच्चले नेपालको न्याय क्षेत्रको समग्र इतिहास झल्कने संग्रहालय स्थापना गरेको हो ।

 

संग्रहालयको मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उद्घाटन गरे । संग्रहालय निर्माणपछि न्याय र कानुनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्याय प्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्ने सहयोग मिल्ने विश्वास उनले व्यक्त गरे ।


प्रधानन्यायाधीश जबराले न्यायपालिकाका ऐतिहासिक वस्तु संकलन गरेर संग्रहालयलाई थप व्यवस्थित बनाइने जानकारी दिए ।


न्यायिक संग्रहालय स्थापनामा संयोजन गरेकी न्यायाधीश सपना प्रधान मल्लले राज्यका निकायले ऐतिहासिक, पुरातात्त्विक विषय संग्रहित गरेर राख्नुपर्ने बताइन् । संग्रहालय नेपालको न्याय र कानुन क्षेत्रको विकासको सजिव इतिहास बन्ने उनको अपेक्षा छ ।

 

न्याय सम्पादनका क्रममा विभिन्न समयमा भएका महत्त्वपूर्ण फैसला, न्यायायाधीश तथा न्यायपालिकाले प्रयोग गरेका पुराना सामग्री, न्याय र कानुनी क्षेत्रका पुरातात्त्विक सामग्री संग्रहालयमा संग्रहित गरिएको छ ।

 

संग्रहालयमा करिब ३ सय ५० सामग्री तयार पारिएको छ । प्रदर्शनी कक्षको अभावमा तत्काल १५ प्रकृतिका फरक सामग्री राखिएको छ । भौतिक संरचना स्थापनापछि सबै सामग्री र थप सामग्रीसमेत गरी डिजिटल संग्रहालय स्थापना गरिने मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले जानकारी दिए ।