close

राप्तीका ९ वटै वडामा सामुदायिक स्वास्थ्य इकाइ

राप्तीका ९ वटै वडामा सामुदायिक स्वास्थ्य इकाइ

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिकाका ९ वटै वडामा स्वास्थ्य इकाइ सञ्चालनमा आएका छन् । बुधबार ३ वटा वडामा सामुदायिक स्वास्थ्य भवन उद्घाटनसँगै स्वास्थ्यकर्मीसहित सेवा सुरु गरिएको हो ।


पालिका अध्यक्ष नुमानन्द सुवेदीले स्वास्थ्य इकाइ भवनको उद्घाटन गरे । राप्ती गाउँपालिकाले सबै वडामा स्वास्थ्य इकाइ स्थापना गर्ने लक्ष्यसहित काम सुरु गरेको ३ वर्षभित्रै ९ वटै वडामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको हो ।


कार्यक्रममा उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, वडा नम्बर ४ का वडाध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, वडा नम्बर ७ का वडाध्यक्ष विद्याशरण चौधरी, वडा नम्बर ८ का वडाध्यक्ष गोकर्णबहादुर राना मगर सहभागी थिए ।


नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य इकाइ भवनबाट सेवा सुरु गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताए ।