close

राक्सिराङका ३ सय घरको छानामा जस्तापाता 

राक्सिराङका ३ सय घरको छानामा जस्तापाता 

Trulli
ADVERTISEMENT

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिकामा करिब ३ सय घरमा खरको छानो हटाई जस्तापाता लगाइएको छ । ‘खरको छाना विस्थापन कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले गत आवमा २ सय ९३ वटा घरमा जस्तापाताको छानो लगाइएको बताइएको छ । संघीय, प्रदेश र स्थानीय सरकारको साझा अनुदानमार्फत यो कार्यक्रम अघि बढाइएको हो । ‘अझै ४ सय ९० घरमा खरकै छानो छ’, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘यो वर्ष पनि कार्यक्रमले निरन्तरता पाउँछ ।’ 


यो कार्यक्रमका लागि संघीय सरकारले गत आवमा ८६ लाख ५० हजार, प्रदेश सरकारले २५ लाख र पालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेका थिए । अध्यक्ष मल्लका अनुसार प्रतिधुरी ५० हजार र ४० हजार रुपैयाँका दरले जस्तापाताले घर छाइएको हो । पहिलो प्राथमिकतामा अपांगता भएका, एकल महिला र दोस्रो प्राथमिकतामा विपन्न वर्गलाई लक्षित गरेर जस्तापाताका लागि रकम वितरण गरिएको अध्यक्षले बताए ।