close

गौरीगंगाका नगरप्रमुखद्वारा आरोप अस्वीकार

गौरीगंगाका नगरप्रमुखद्वारा आरोप अस्वीकार

Trulli
ADVERTISEMENT

कैलाली– गौरीगंगा नगरपालिकाका राजनीतिक दलका प्रतिनिधिले जारी गरेको विज्ञप्तिप्रति नगरप्रमुख भीमबहादुर देउवाको सचिवालयले खण्डन गरेको छ ।

 

गत ५ भदौमा कांग्रेस, नेकपा माओवादी केन्द्र, एमाले, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले संयुक्त रूपमा नगरप्रमुख देउवाले भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

 

संयुक्त विज्ञप्तिमा नगरप्रमुखले गत आर्थिक वर्षमा नदीजन्य पदार्थ उत्खननमा ठेक्का नगरी आफ्नो सचिवालयमार्फत आफैंले कर असुली गरी ठेलीमा भएको राजस्व दुरुपयोग गरेको, स्थायी कर्मचारी व्यवस्था भइसक्दासमेत नगरसभामा छलफल नगरेकोलगायत आरोप लगाएका थिए ।

 

तर, नगरप्रमुखको सचिवालयबाट जारी विज्ञप्तिमा सबै आरोप कपोकल्पित भएको भन्दै खण्डन गरिएको छ । ‘स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर नगरबासीका लागि गरिएका कामको अपव्याख्या गर्नु दुखद हो,’ नगरप्रमुखको सचिवालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसमा कुनै सत्यता छैन ।’